आईसीसी महिला टी-ट्वान्टी विश्वकप अन्तर्गत फाइनल प्रवेशका लागि आज भारत र अष्ट्रेलिया भिड्दै
वि.सं.२०७९ फागुन ११ बिहीवार १२:३७
1.8K
shares
काठमाडौं: आईसीसी महिला टी-ट्वान्टी विश्वकपको सेमिफाइनल आज अस्ट्रेलिया र भारत आज भिड्दैछन् । खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे केपटाउनमा हुनेछ ।
प्रतियोगितामा साविक विजेता अस्ट्रेलिया उच्च फर्ममा छ । समूह चरणका चारवटै खेलमा जित हात पार्दै अस्ट्रेलिया समूह ए को विजेताका रुपमा अन्तिमा चार प्रवेश गरेको हो ।
टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयतामा शीर्ष स्थानमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा न्यूजिल्यान्डलाई ९७ रनको विशाल अन्तरले हराउँदा बंगलादेश र श्रीलंकाले दिएको लक्ष्य सहजै भेटाएको थियो ।
घरेलु टोली दक्षिण अफ्रिकालाई पनि उसले हराएको छ । भारतले पनि इंग्ल्यान्डविरुद्ध समूहको तेस्रो खेलमा पराजय व्यहोर्दा बाँकी ३ खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।
दुईबीच यो फम्यार्टमा भएको पछिल्ला पाँच भेटमा अस्ट्रेलियाले चार खेल जितेको छ भने एक खेल बराबरीमा रोकिएको छ । सबै प्रतिस्पर्धामा गरी ११ पटक भएको भेटमा भारतले अस्ट्रेलियालाई हराउन सकेको छैन ।
सन् २०२० मा मेलबर्नमा भएको फाइनलमा अस्ट्रेलियाले भारतलाई ८५ रनले हराउँदै कीर्तिमानी पाचौँ पटक प्रतियोगिताको उपाधि उचालेको थियो ।
वि.सं.२०७९ फागुन ११ बिहीवार १२:३७



















