निर्माण व्यवसायी मनोज भेटवाल पक्राउ
वि.सं.२०७९ फागुन ११ बिहीवार १२:१८
1.4K
shares
काठमाडौं: निर्माण व्यवसायी तथा काठमाडौं भ्यूटावरका ठेकदार मनोज भेटवाल बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ परेका छन् ।
भेटवाललाई काठमाडौं प्रहरी परिसरले आज बिहान घरबाटै पक्राउ गरिएको हो । उनीविरुद्ध चेक बाउन्सको उजुरी परेको थियो ।
भेटवालले पुरानो बसपार्कमा भ्युटावर निर्माण गरिरहेका थिए । उनीविरुद्ध बैंकिङ कसुर लगायतका आरोप पत्र दायर गरिएको छ । खुल्लामञ्च कब्जा गरेर संरचना बनाएपछि भेटवाल चर्चामा आएका थिए ।
जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्सका नाममा भेटवालले महानगरको सम्झौता विपरित ४० वटा टहरा निर्माण गरी ५ करोड बढी अग्रिम सलामी उठाएर भाडामा लगाएका थिए ।
महानगरपालिका र ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकाई बिल्डर्स प्रालिबीच ०७४ साल वैशाख ८ मा भएको सहमतिपत्रमा स्विकृत नक्सा भन्दा बाहिर गएर संरचना निर्माण गरेको भन्दै महानगरले डोजर लगाएर पन्छाएको थियो ।
वि.सं.२०७९ फागुन ११ बिहीवार १२:१८



















