Rajshow Bivag

नेपाल टी-२० लिगमा ‘स्पट फिक्सिङ’ भएको सीआईबीको निष्कर्ष

Departmant of helth services

 

काठमाडौं: नेपाल टी-२० लिगमा ‘स्पट फिक्सिङ’ भएको निष्कर्ष केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निकालेको छ ।

 

सीआईबी प्रमुख उत्तरमराज सुवेदीले केहीविरुद्ध मुद्दा चल्ने अवस्था रहेको बताए । ‘त्यसमा खेलाडी, म्यानेजर, अफिसियल जो पनि हुन सक्छन्,’ एआईजी सुवेदीले भने । सुवेदीले स्पट फिक्सिङ विवादसम्बन्धमा भएको छानबिनबारे सोमबार प्रतिवेदन सार्वजनिक गरिने बताए ।

 

राष्ट्रिय टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका एक खेलाडीलाई फिक्सिङका लागि अप्रोच भएको बताएपछि प्रतियोगिता चरम विवादमा परेको थियो । प्रतियोगिता आयोजनाको जिम्मा पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सका अधिकारी प्रतियोगिताको बीचमै घर फर्किएका थिए ।

 

प्रतियोगितामा सहभागी सबै ६ टोलीका खेलाडीले पारिश्रमिक पाएका छैनन् । एक खेलाडीका अनुसार नेपाल क्रिकेट संघ (क्यान)ले ६ महिनाभित्र पारिश्रमिक उठाई दिने प्रतिबद्धता जनाएको छ ।

 

टेन्डर प्रकृया बिना सेभेन थ्री स्पोर्ट्सलाई नेपाल टी-२० आठ वर्षका लागि आयोजना गर्न दिइएपछि सुरुवातदेखि नै यो प्रतियोगिता विवादमा परेको थियो । सीआईबीले स्पट फिक्सिङमा संलग्न रहेकाको नाम गोप्य राखेको छ ।

 

प्रतियोगितामा एन्टी करप्सन हेरिरहेको युनिटले उनीहरुलाई स्पट फिक्सिङबारे रिपोर्ट गरेको थियो । प्रतियोगिता दौरान शंकास्पद व्यवहार गर्नेलाई तत्कालै जिम्मेवारीबाट हटाइएको क्यानको दावी छ । सीआईबी स्रोतका अनुसार सेभेन थ्री स्पोर्टसका अधिकारीविरुद्ध पनि मुद्द चल्न सक्ने स्थिति रहेको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:०१

  काठमाडौं: नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा...

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:५६

  काठमाडौं: आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि...

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...