YouTube Link

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकिकृत कारोबार शुरु

Facebook Link

 

काठमाडौं: ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेडले मर्जर प्रकृया पुरा गरी आजदेखि एकिकृत कारोबार सुरु गरेका छन् ।

 

दुई बैंक एक भई ग्लोबल आइएमई बैंकको नामबाट एकिकृत कारोबार सुरु गरेका हुन । यी दुई बैंक एक बराबर एक शेयर आदानप्रदान गर्दै मर्जरमा गएका हुन ।

 

यी दुई बैंकबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । दुबै बैंकले गत मंसिर २३ गते वार्षिक साधारण सभा सम्पन्न गरी मर्जर सम्बन्धि प्रस्तावलाई अन्तिम स्वीकृति प्रदान गरेका थिए ।

 

नेपाल राष्ट्र बैंकले पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट पुस १९ गते दुबै बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति प्रदान भएसँगै यी बैंकले एकिकृत कारोबार सुरु गरेका हुन ।

 

मर्जरपश्चात् बैंकको केन्द्रिय कार्यालय हालको ग्लोबल आइएमई बैंकको केन्द्रिय कार्यालय रहेको स्थान कमलादी, काठमाडौंमा रहने जानकारी बैंकहरूले दिएका छन् ।

 

बैंक अफ काठमाण्डूले यस वर्ष गत आर्थिक वर्षको मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि समेत १४ दशमलव ९५ प्रतिशतका नगद लाभांश वितरण गर्ने प्रस्ताव गत मंसिर २३ गते सम्पन्न वार्षिक साधारण सभाबाटै पारित गरिसकेको छ ।

 

बैंकले चुक्तापूँजी रू. १० अर्ब ६२ करोड ३९ लाख ९४ हजारको आधारमा कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।

 

त्यस्तै ग्लोबल आइएमई बैंकले ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत १० दशमलव ६ प्रतिशत नगद लाभांशलाई समेत सोही दिनको वार्षिक साधारण सभामार्फत पारित गरेको छ ।

 

यस वर्ष ग्लोबल आइएमई बैंकले चुक्तापूँजी रू. २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजारको आधारमा कुल १३ दशमलव ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको  हो ।

 

यी दुई बैंकहरूका अनुसार मर्जरपछि कुल सम्पत्ति रू. ५ खर्ब ५ अर्बभन्दा बढी, कुल निक्षेप रू. ४ खर्ब १२ अर्बभन्दा बढी र कुल ग्राहक संख्या ४० लाखभन्दा बढी पुगेको छ । देशको ७७ जिल्लासँगै विदेशमा समेत गरेर मर्जरपछि ११ सय सेवाकेन्द्रबाट बैंकले सेवा प्रदान गर्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...