लिखु गाउँपालिका नुवाकोटले स्वास्थ्य तथा कृषक लक्षित कार्यक्रम गर्दै
वि.सं.२०७९ असार १४ मंगलवार १८:५९
3.8K
shares
नुवाकोटः लिखु गाउँपालिका नुवाकोटले स्वास्थ्य शाखा र स्थानीय कृषक लक्षित ३ तीने कार्यक्रम सार्वजानिक गरेको छ ।
कृषक लक्षित कृषि एवं पशु विकास क्षेत्रको व्यवसायीकरण, विविधिकरण एवं यान्त्रीकरणमा सहजताको लागि पालिकाले उक्त कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रम अन्तर्गत पालिकाले यहि असार १५ गते विहान ७:३० बजे र ९:०० बजे राम्चे र खानीगाउँमा बिउको बोका वितरण तथा बाख्राको पाठी वितरण गर्ने कार्यक्रम राखेको छ ।
यसैगरी पालिकाले असार १६ गते विहान अमलबेटेमा स्प्रेयर र हजारी वितरण गर्ने कार्यक्रम राखेको छ भने असार १८ गते अमिलबोटे हलमा स्वास्थ्य शाखाबाट पूर्णखोप सुनिश्चितता पालिका गोष्ठी गर्ने भएको छ ।
लिखु गाउँपालिका नुवाकोट जिल्लाभित्रको सबैभन्दा सानो गाउँपालिका हो । साबिकको खानिगाउँ गविसको सबै वडा, सुर्यमति गाविसको सबै वडा, चौघडा गाविसको १,२,५,६,७,८ वडाहरु, थानसिंङ गाविसको १,२,३,४,५,६,७ वडाहरु र थानापति गाविसको वडा नं ५ समेटेर जम्मा ६ वडा बनाई लिखु गाउँपालिका बनेको हो ।
वि.सं.२०७९ असार १४ मंगलवार १८:५९



















