YouTube Link

रमाईलो र शान्त पारिवारिक वातावरणमा रमाउन राउचुली भ्यु होटल एकचोटी जानै पर्ने ठाउँ

Facebook Link

 

नुवाकोटः दुप्चेश्वर मन्दिर नजिक रामती बजारको पुछारमा अवस्थित राउचुली भ्यु होटल एण्ड लज मन्दिर दर्शनका लागि जानेहरुलाई खानपान र बसोबासको उचित प्रबन्ध मिलाउने गरेको छ ।

 

शान्त र पारिवारिक वातावरण रहेको यस होटलले ग्राहकको अर्डर पछि मात्र खाना तयार गर्छ । अझ आफैँ पकाएर खान रुचाउनेहरुका लागि होटलले छुट्टै किचनको समेत व्यवस्था गरेको छ ।

 

छुट्टै किचन किन भन्ने प्रश्नमा होटल सञ्चालक राजेन्द्र थापा भन्छन्, ‘हाम्रो संस्कार हराइसकेको छैन, अझै कतिपय ग्राहकहरुले आफैँ पकाएर खान रुचाउँछन्, हामीले त्यस्ता ग्राहकको सुविधालाई पनि ध्यानमा राखेर यो व्यवस्था गरेका हौँ ।’

 

होटलमा उपलब्ध सबै सुविधा उपलब्ध भए पनि उनी यसलाई होटल भन्दा पनि होमस्टे भन्न रुचाउँछन् । २०७७ फागुन २७ गतेबाट सेवा सुरु गरेको यस होटलले एक वर्ष पुरा गरिसकेको छ ।

 

राउचुली भ्यु होटल एण्ड लजले यस भेगमै पहिलो पटक हप्तामा एक पटक साँगीतिक कार्यक्रम पनि राख्न थालेको छ । ग्राहकको मनोरन्जन सँगै स्थानिय सँस्कृतिको जगेर्नाका लागि हरेक शुक्रबार लोक दोहोरी आयोजना हुने थापा बताउँछन् ।

 

यस बाहेक ग्राहकले चाहेमा अन्य दिनमा समेत साँगीतिक कार्यक्रम राख्न सकिने उनको भनाई छ । थापा भन्छन्, ‘साँगीतिक कार्यक्रमबाट ग्राहकले यहाँको र हामीले अन्यत्रको सँस्कृति आदानप्रदानको मौका पाउँछौ ।’

 

आफ्नो किचनमा उपभोग हुने अधिकांश खाद्यान्न स्थानिय स्तरमै उत्पादित प्रयोग गर्न रुचाउने राउचुली भ्यु होटल एण्ड लजको मुख्य विशेषता ‘कथुरे ढिँडो’ हो । कथुरे ढिँडो कोदो र मकैको पिठो मिसाएर बनाइने विशेष प्रकारको ढिँडो हो । लोकल कुखुरा, कालिज, लोकल खसी लगायत मासुका परिकार पाइने यस होटलको अर्को विशेषता तादीको असला माछा पनि हो । तादी नदि छेउमै रहेका कारण होटलमा माछाको खाँचो रहँदैन ।

 

होटलले रुफटपमा सेमिनार हलको व्यवस्था गरेको छ । त्यसैगरी तेस्रो तल्लामा ग्राहकले राउचुली, थामडाँडा, हुँग लगायत स्थानको दृष्यावलोकन गर्दै रिभल्विङ टेवलमा खाजा तथा खानाको मजा लिन सक्नेछन् । यस होटलको अर्को विशेषता परिवारका सदस्यबाटै सेवा सुविधा उपलब्ध गराइनु रहेको छ ।

 

आफ्ना हरेक कोठालाई राउचुली, बोलुम्चे, बागमारा जस्ता स्थानिय क्षेत्रहरुको नाम दिन रुचाउने थापा आगामी दिनमा ति कोठाका पर्दाहरुमा त्यस भेगका मुख्य स्थलहरुको चित्र प्रिण्ट गराउने योजना सुनाउँछन् । उनी भन्छन्, ‘ग्राहकले जुन कोठा रोज्दछन्, त्यहाँ पस्दा उनीहरुले त्यही ठाउँमा पुगेको अनुभूति गरुन् ।’ पर्दामा त्यस भेगको ल्याण्डस्केपका साथै, त्यहाँ पाइने वन्यजन्तु तथा चराचुरुङ्गीको तस्विर राखिने उनको भनाई छ ।

 

केही समय भित्र होटलले ‘बार्बिक्यु एरिया’को समेत व्यवस्था गर्ने तयारी गरिरहेको छ । ग्राहकको सन्तुष्टि नै आफ्नो पहिचान भएको बताउने होटल सञ्चालक थापा ग्राहकको सुविधा र आफ्नो सेवाको तालमेल हुनुपर्ने बताउँछन् । अप्ठेरोमा परेको दुप्चेश्वर दर्शनार्थीको सहयोगमा आफू सदैव तत्पर रहेको बताउने थापाले दुप्चेश्वर दर्शनका लागि गाडी रिजर्भको समेत व्यवस्था गरेका छन् ।

 

दुप्चेश्वर दर्शनका लागि आउँदा बाटामा गाडी बिग्रिएमा निशंकोच सम्पर्क गर्न उनको आग्रह छ । व्यवसाय आफ्नै ठाउँमा छ, हामी सबैको साझा प्रयासबाट मात्र दुप्चेश्वरको प्रचार प्रसार हुन सक्ने बताउने होटल सञ्चालक थापा मूल्यमा भन्दा पनि सेवामा प्रतिस्पर्धा हुनुपर्ने बताउँछन् । एक पटक आइपुग्ने त हो नी भन्दै मनलागी मूल्य गर्दा भेगकै बदनामी हुन्छ । यसले दुप्चेश्वरको समेत गलत प्रचार हुने उनको तर्क छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...