कसले राख्यो एमाले उम्मेदवार ढकालको घर नजिकै बम ?
वि.सं.२०७९ वैशाख २२ बिहीवार ०९:४३
2.9K
shares
मोरङ: नेकपा एमालेका तर्फबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका जीवनाथ ढकालको घरनजिक पैसरकुकर बम फेला परेको छ ।
मोरङको सुन्दर हरैचा नगरपालिका–११ मा तारजडित प्रेसर कुकर बम जस्तोदेखिने शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीयबासीले बमजस्तो शंकास्पद बस्तु फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । शंकास्पद तारजडित प्रेसर कुकरमा ‘कथित स्थानीय चुनाव बहिष्कार गरौँ’ नारा लेखेर टाँसिएको छ ।
उक्त बस्तुको सेनाको बम डिस्पोजल टोलीले परिचालित भएका छन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।
वि.सं.२०७९ वैशाख २२ बिहीवार ०९:४३




















