सत्ता गठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेसकी सिर्जना सिंह
वि.सं.२०७९ वैशाख १० शनिवार १२:३४
3K
shares
काठमाडौं: पाँच दलीय सत्ता गठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेसकी सिर्जना सिंहलाई उम्मेदवार बनाइने भएको छ ।
आफ्नो भागमा परेका महानगर र उपमहानगरका प्रमुख उपप्रमुखका उम्मेदवार तोक्न शुक्रबार राति बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उठाउने सहमति जुटाएको हो ।
कांग्रेसकी महाधिवेशन प्रतिनिधि उनी कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् ।
बाँकी महानगरपालिकाका तथा उपमहानगरपालिकाका उम्मेदवारबारे आज जारी छलफलले टुंगो लगाउने स्रोतले जनाएको छ ।
वि.सं.२०७९ वैशाख १० शनिवार १२:३४



















