जाल्पा सामुदायिक लघुवित्त संस्था लिमिटेडको साधारण सेयर (आइपीओ) शुक्रबार खुल्दै
वि.सं.२०७८ माघ २० बिहीवार १४:४९
3.1K
shares
काठमाडौं: जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले शुक्रबादेखि १०० रुपैयाँका दरले ५ लाख २२ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।
साधारण सेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् ८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र सर्वसाधारणलाई छुट्याइएको सेयर मध्येको ५ प्रतिशत अर्थात् ३६ हजार १०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
बाँकी सुरक्षित ४ लाख ८७ हजार ५ सय कित्ताका लागि सर्वसाधारणका लागि छुट्याएको छ ।
आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार २ सय २० कित्तासम्मका लागि माग गर्न पाउनेछन् ।
सेयर माघ २१ गतेदेखि निष्काशन खुल्ला भइ छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गते बन्द हुनेछ ।
कम्पनी ऐन, २०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत स्थापित भएको संस्था हो ।
यस लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय पोखरा महानगरपालिका-८, सिमलचौर, कास्कीमा रहेको छ ।
हाल वित्तीय संस्थाले राष्ट्रियस्तरमा ८७ शााखा कार्यालयहरु, ३ वटा संकलन केन्द्रहरु, १४ वटा अनुगमन कार्यालयहरु र २ वटा प्रदेश कार्यालय स्थापना गरी लघुवित्त कारोबार गर्दै आएको छ ।
वि.सं.२०७८ माघ २० बिहीवार १४:४९



















