Rajshow Bivag

भोजपुर नगरपालिकासँग मेगा बैंक नेपाल लिमिटेडले सम्झौता

Departmant of helth services

काठमाडौं:   भोजपुर नगरपालिकासँग मेगा बैंक नेपाल लिमिटेडले सम्झौता गरेको छ । बैंकले साना कृषक तथा उद्यमीहरुको कृषि तथा उद्यम व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिकासँग सम्झौता गरेको हो ।

 

सम्झौतापत्रमा मेगा बैंकका माइक्रो फाइनान्सिङ विभागका प्रमुख पुण्यप्रसाद खनियाँ र भोजपुर नगरपालिकाका मेयर कैलाश आलेले हस्ताक्षर गर्नु भएको छ ।

 

हस्ताक्षर कार्यक्रममा बैंकका विभागीय प्रमुख खनियाँले कृषकहरुलार्ई आधुनिक ढंगले कृषि कार्यलाई व्यवसायीकरण गर्न बैंकको शाखा कार्यालयमार्फत छिटोछरितो ढंगले प्राथमिकताका साथ कर्जा दिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

 

भोजपुर नगरपालिकाका मेयर आलेले मेगा बैंकसँगको सम्झौतापश्चात नगरपालिकाभित्र रहेका साना किसान तथा उद्यम व्यवसायीहरुले सहुलियत ब्याजदरमा कर्जा लिई आफ्ना व्यवसायलाई वृद्धि गरी उत्पादकत्व बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको छ ।

 

भोजपुर नगरपालिकासँगको सम्झौतापश्चात मेगा बैंकले नगरपालिकाका किसानलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नको लागि नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण व्यवसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्नेछ ।

 

यसका साथै बैंकले उक्त कृषकहरुलाई मेगा किसान कार्ड समेत उपलब्ध गराउनेछ। उक्त कार्डमार्फत कृषकहरुले आफुलाई आवश्यक परेको कृषि सामग्री, बीउ, मल, कीटनाशक औषधिलगायतका सामान नजिकको पसलबाट खरिद गर्न सक्नेछन्।

 

मेगा किसान कार्ड मेगा बैंकले कृषकलाई जारी गरेको पहिलो आधुनिक बैंकिङ सेवा हो। जसले किसानलाई कृषि कर्जाको सदुपयोग गर्दे बैंकिङ कारोबार सहज र सरल तरिकाले गर्न सहयोग हुने बैंकको विश्वास छ।

यो पनी पढ्नुहोस् :

सिटिजन्स बैंकका ग्राहक र कर्मचारीलाई बन्दीपुरमा विशेष छुट

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...