YouTube Link

हङकङमा निशाना सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको ११औं वार्षिक साधारणसभा सम्पन्न

Facebook Link

हङकङ: निशाना सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड तथा निशाना पावर ईन्भेष्टमेन्ट प्रा.लि. सहित सामूहिक रूपमा ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

 

हङ्कङ्को जोर्डनस्थित बगैंचा रेष्टुरेण्ट एण्ड पाटी प्यालेसमा सम्पन्न उक्त साधारणसभामा संस्थाका अध्यक्ष गंगाराम राईको सभापतित्व सम्पन्न भएको हो ।

 

निशाना ईन्भेष्टमेन्टका सदस्य नरेश सुनुवारले सभामा सहभागीलाई सम्बोधन गर्दै दिएको स्वागत मन्तब्यसँगै कार्यक्रमलाई अगाडि बढाईएको थियो ।

 

समितिका सचिव तथा कार्यक्रम संचालक दुर्गा प्रसाद राईले निशाना सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको वार्षिक प्रतिवेदन तथा भावी योजना प्रस्तुत गरेका थिए । त्यसैगरी समितिका कोषाध्यक्ष उत्रशेर राईले संस्थाको कुल आय–ब्यय, नाफा–घाटा लगायतको सम्पूर्ण बिबरण सहित आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

सभामा प्रस्तुत बार्षिक तथा आर्थिक प्रतिवेदनप्रति कुनै जिज्ञासा वा प्रश्नको लागि केही मिनेट समय दिईएको थियो । सभाहलबाट कुनै जिज्ञासा तथा प्रश्न नआएपछि सहमति जनाउँदै एकसाथ ताली बजाएर प्रतिवेदन पारित गरिएको थियो ।

 

हङकङमा रहेका अधिकांस शेयरधनीहरूको उपस्थिति रहेको उक्त साधारणसभामा निशाना पावर ईन्भेष्टमेण्टका अध्यक्ष हरिचन्द्र राईले निशाना पावर ईन्भेष्टमेन्ट प्राईभेट लिमिटेडको उद्देश्य, लक्ष्य तथा भावी योजना र कार्यक्रमको बारेमा संक्षिप्त जानकारी गराएका थिए ।

 

संस्थाका कोषाध्यक्ष उत्रशेर राई र सह कोषाध्यक्ष जसमणी राईद्वरा संयुक्त रूपमा शेयधनीहरूलाई लाभंश सहित शेयर प्रमाण–पत्र बितरण गरिएको थियो ।

 

 

औपचारिक कार्यक्रमको अन्त्यमा सभाध्यक्ष गंगाराम राईले सभालाई सम्बोधन र स्वागत गर्दै स्थापनाकालदेखि हालसम्म निरन्तर साथ सहयोग दिनुहुने संस्थापक सदस्यहरू, कार्य समितिका पदाधिकारीहरु, कर्मचारी र शेयरधनीहरूलाई एकमुष्ट हार्दिक धन्यवाद ज्ञापन व्यक्त गरे ।

 

सभालाई सम्बोधन गर्दै राईले अगामी दिनहरूमा पनि निरन्तर साथ सहयोग दिएर संस्थालाई सफलतापूर्बक अगाडि बढ्न मद्दत गर्न अनुरोध गर्दै पहिलो चरणको औपचारिक कार्यक्रमलाई समापन गरेका थिए ।

 

दोस्रो चरणमा जलपान र रात्रिभोज सहित रमाईलो नगद चिठ्ठा तथा मनोरन्जन गरि सभा समापन गरिएको थियो ।

 

आर्थिक वर्ष ०७७/०७८ मा यस संस्थाले आर्जन गरेको खुद मुनाफाको आधारमा शेयरधनीहरूलाई १५ प्रतिशतको दरले लाभांश बितरण गर्न सफल भएको छ ।

 

स्थापनाकालदेखि काठमाण्डौमा सम्पन्न गरिंदै आएको वार्षिक साधारण सभा गत वर्ष १०औं वार्षिक साधारण सभा र यस बर्षको ११औं वार्षिक साधारण सभा हङकङमा सम्पन्न गरेको छ ।

 

संस्थाको आफ्नै भवन नभएको हुँदा घर भाडामा लिएर सञ्चालन गर्दै आएको छ र आगामी ५ वर्षभित्र आफ्नै भवन निर्माण गरी कारोवार सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

 

हाल संस्था सञ्चालनको लागि काठमाण्डौंस्थित कार्यालयमा प्रबन्ध निर्देशक–१, कर्जा प्रमुख–१, लेखापाल–१, सहायक लेखापाल–१, जनसम्पर्क प्रतिनिधि–१, कार्यालय सहयोगी–१ गरि ६ जना कर्मचारीद्वरा कार्य सञ्चालन हुँदै आएको छ ।

 

काठमाडौं महानगरपालिकाभरि कार्यक्षेत्र विस्तार गरिएको र काठमाडौं जिल्लाभरिको लागि कार्यक्षेत्र विस्तार गर्दै क्रमिक रूपमा अन्य जिल्लाहरूमा पनि विस्तार गर्दै जाने योजना रहेको संस्थाका अध्यक्ष गंगाराम राई र प्रबन्ध निर्देशक प्रकाश राईले जानकारी गराए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...