Rajshow Bivag

हङकङमा निशाना सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको ११औं वार्षिक साधारणसभा सम्पन्न

Departmant of helth services

हङकङ: निशाना सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड तथा निशाना पावर ईन्भेष्टमेन्ट प्रा.लि. सहित सामूहिक रूपमा ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

 

हङ्कङ्को जोर्डनस्थित बगैंचा रेष्टुरेण्ट एण्ड पाटी प्यालेसमा सम्पन्न उक्त साधारणसभामा संस्थाका अध्यक्ष गंगाराम राईको सभापतित्व सम्पन्न भएको हो ।

 

निशाना ईन्भेष्टमेन्टका सदस्य नरेश सुनुवारले सभामा सहभागीलाई सम्बोधन गर्दै दिएको स्वागत मन्तब्यसँगै कार्यक्रमलाई अगाडि बढाईएको थियो ।

 

समितिका सचिव तथा कार्यक्रम संचालक दुर्गा प्रसाद राईले निशाना सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको वार्षिक प्रतिवेदन तथा भावी योजना प्रस्तुत गरेका थिए । त्यसैगरी समितिका कोषाध्यक्ष उत्रशेर राईले संस्थाको कुल आय–ब्यय, नाफा–घाटा लगायतको सम्पूर्ण बिबरण सहित आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

सभामा प्रस्तुत बार्षिक तथा आर्थिक प्रतिवेदनप्रति कुनै जिज्ञासा वा प्रश्नको लागि केही मिनेट समय दिईएको थियो । सभाहलबाट कुनै जिज्ञासा तथा प्रश्न नआएपछि सहमति जनाउँदै एकसाथ ताली बजाएर प्रतिवेदन पारित गरिएको थियो ।

 

हङकङमा रहेका अधिकांस शेयरधनीहरूको उपस्थिति रहेको उक्त साधारणसभामा निशाना पावर ईन्भेष्टमेण्टका अध्यक्ष हरिचन्द्र राईले निशाना पावर ईन्भेष्टमेन्ट प्राईभेट लिमिटेडको उद्देश्य, लक्ष्य तथा भावी योजना र कार्यक्रमको बारेमा संक्षिप्त जानकारी गराएका थिए ।

 

संस्थाका कोषाध्यक्ष उत्रशेर राई र सह कोषाध्यक्ष जसमणी राईद्वरा संयुक्त रूपमा शेयधनीहरूलाई लाभंश सहित शेयर प्रमाण–पत्र बितरण गरिएको थियो ।

 

 

औपचारिक कार्यक्रमको अन्त्यमा सभाध्यक्ष गंगाराम राईले सभालाई सम्बोधन र स्वागत गर्दै स्थापनाकालदेखि हालसम्म निरन्तर साथ सहयोग दिनुहुने संस्थापक सदस्यहरू, कार्य समितिका पदाधिकारीहरु, कर्मचारी र शेयरधनीहरूलाई एकमुष्ट हार्दिक धन्यवाद ज्ञापन व्यक्त गरे ।

 

सभालाई सम्बोधन गर्दै राईले अगामी दिनहरूमा पनि निरन्तर साथ सहयोग दिएर संस्थालाई सफलतापूर्बक अगाडि बढ्न मद्दत गर्न अनुरोध गर्दै पहिलो चरणको औपचारिक कार्यक्रमलाई समापन गरेका थिए ।

 

दोस्रो चरणमा जलपान र रात्रिभोज सहित रमाईलो नगद चिठ्ठा तथा मनोरन्जन गरि सभा समापन गरिएको थियो ।

 

आर्थिक वर्ष ०७७/०७८ मा यस संस्थाले आर्जन गरेको खुद मुनाफाको आधारमा शेयरधनीहरूलाई १५ प्रतिशतको दरले लाभांश बितरण गर्न सफल भएको छ ।

 

स्थापनाकालदेखि काठमाण्डौमा सम्पन्न गरिंदै आएको वार्षिक साधारण सभा गत वर्ष १०औं वार्षिक साधारण सभा र यस बर्षको ११औं वार्षिक साधारण सभा हङकङमा सम्पन्न गरेको छ ।

 

संस्थाको आफ्नै भवन नभएको हुँदा घर भाडामा लिएर सञ्चालन गर्दै आएको छ र आगामी ५ वर्षभित्र आफ्नै भवन निर्माण गरी कारोवार सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

 

हाल संस्था सञ्चालनको लागि काठमाण्डौंस्थित कार्यालयमा प्रबन्ध निर्देशक–१, कर्जा प्रमुख–१, लेखापाल–१, सहायक लेखापाल–१, जनसम्पर्क प्रतिनिधि–१, कार्यालय सहयोगी–१ गरि ६ जना कर्मचारीद्वरा कार्य सञ्चालन हुँदै आएको छ ।

 

काठमाडौं महानगरपालिकाभरि कार्यक्षेत्र विस्तार गरिएको र काठमाडौं जिल्लाभरिको लागि कार्यक्षेत्र विस्तार गर्दै क्रमिक रूपमा अन्य जिल्लाहरूमा पनि विस्तार गर्दै जाने योजना रहेको संस्थाका अध्यक्ष गंगाराम राई र प्रबन्ध निर्देशक प्रकाश राईले जानकारी गराए ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:०१

  काठमाडौं: नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा...

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:५६

  काठमाडौं: आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि...

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...