YouTube Link

नबिल बैंक र वुमन लिडरसिप फोरमबीच अन्तर्क्रिया

Facebook Link

काठमाडौं:   नबिल बैंक र वुमन लिडरसिप फोरमबीच अन्तर्क्रिया सम्पन्न भएको छ । नबिल बैंक र नेपाल उद्योग परिसंघको वुमन लिडरसिप फोरमबीच महिला उद्यमीका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्तर्क्रिया सम्पन्न भएको हो ।

 

अन्तर्क्रियामा नबिल बैंकले महिला उद्यमशीलताका लागि चालेका कदम र उपलब्ध कर्जाका बारेमा जानकारी गराएको थियो। वुमन लिडरसिप फोरमकी संयोजक छाया शर्मा, फोरमकी सदस्य आशा राणा अधिकारी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहसमेत उपस्थित कार्यक्रममा विभिन्न महिला उद्यमी तथा नेतृत्वदायी महिलाको सहभागिता थियो।

 

संयोजक शर्माले नबिल बैंकको दिगो बैंकिङ तथा अन्य महिला केन्द्रित पहलहरुको प्रशंसा गर्दै यसले महिलाको सामाजिक रुपान्तरणमा योगदान पुगोस् भन्ने कामना गर्नु भएको छ  । उनले वित्तीय पहुँच सँगसँगै वित्तीय साक्षरतालाई पनि अगाडि बढाउन सुझाव दिनु भयो ।

 

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दिगो बैंकिङमार्फत बैंकले उद्यमशीलताको विकास तथा वित्तीय पहुँचलाई गाउँगाउँमा पुर्याएर त्यहाँ उद्यमीहरुको सिर्जना गरी दिगो विकासमा टेवा पुर्याउने लक्ष्य लिएको बताउनु भयो ।

 

कार्यक्रमको समापन गर्दै नबिल बैंककी सञ्चालकसमेत रहेकी वुमन लिडरसिप फोरमकी सदस्य अधिकारीले यस कार्यक्रमले नबिल दिगो बैंकिङलाई सबै महिलाहरुमा पुर्याउन सहयोग गर्ने र आउँदा दिनमा यसलाई अझ बढाउँदै लगिने बताउनु भयो ।

 

कार्यक्रममा नबिल बैंकको दिगो बैंकिङ तथा यसअन्तर्गतका नबिल किसान कर्जा र नबिल उद्यमशिल कर्जाका बारेमा नबिल दिगो बैंकिङका प्रबन्धक लिलाप्रसाद ओझा र साना तथा मझौला कर्जाअन्तर्गतका महिला केन्द्रित कर्जा तथा अन्य बैंकिङ सुविधाका बारेमा साना तथा मझौला कर्जा÷लघुवित्त विभाग प्रमुख निरज कुमार बस्नेत डनिलले प्रकाश पारेका थिए।

 

नबिल बैंकले गत असार १५ गते धान दिवसका दिन नबिल दिगो बैंकिङको सुरुआत गरेको हो। सयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्यलाई सघाउन विपन्न तथा ग्रामीण वर्गलाई लक्षित गरी दिगो बैंकिङ कार्यक्रम सुरु गरेको बैंकले यस कार्यक्रमअन्तर्गत नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ।

 

यो पनी पढ्नुहोस् :

भोजपुर नगरपालिकासँग मेगा बैंक नेपाल लिमिटेडले सम्झौता

 

 

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...