Rajshow Bivag

नबिल बैंक र वुमन लिडरसिप फोरमबीच अन्तर्क्रिया

Departmant of helth services

काठमाडौं:   नबिल बैंक र वुमन लिडरसिप फोरमबीच अन्तर्क्रिया सम्पन्न भएको छ । नबिल बैंक र नेपाल उद्योग परिसंघको वुमन लिडरसिप फोरमबीच महिला उद्यमीका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्तर्क्रिया सम्पन्न भएको हो ।

 

अन्तर्क्रियामा नबिल बैंकले महिला उद्यमशीलताका लागि चालेका कदम र उपलब्ध कर्जाका बारेमा जानकारी गराएको थियो। वुमन लिडरसिप फोरमकी संयोजक छाया शर्मा, फोरमकी सदस्य आशा राणा अधिकारी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहसमेत उपस्थित कार्यक्रममा विभिन्न महिला उद्यमी तथा नेतृत्वदायी महिलाको सहभागिता थियो।

 

संयोजक शर्माले नबिल बैंकको दिगो बैंकिङ तथा अन्य महिला केन्द्रित पहलहरुको प्रशंसा गर्दै यसले महिलाको सामाजिक रुपान्तरणमा योगदान पुगोस् भन्ने कामना गर्नु भएको छ  । उनले वित्तीय पहुँच सँगसँगै वित्तीय साक्षरतालाई पनि अगाडि बढाउन सुझाव दिनु भयो ।

 

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दिगो बैंकिङमार्फत बैंकले उद्यमशीलताको विकास तथा वित्तीय पहुँचलाई गाउँगाउँमा पुर्याएर त्यहाँ उद्यमीहरुको सिर्जना गरी दिगो विकासमा टेवा पुर्याउने लक्ष्य लिएको बताउनु भयो ।

 

कार्यक्रमको समापन गर्दै नबिल बैंककी सञ्चालकसमेत रहेकी वुमन लिडरसिप फोरमकी सदस्य अधिकारीले यस कार्यक्रमले नबिल दिगो बैंकिङलाई सबै महिलाहरुमा पुर्याउन सहयोग गर्ने र आउँदा दिनमा यसलाई अझ बढाउँदै लगिने बताउनु भयो ।

 

कार्यक्रममा नबिल बैंकको दिगो बैंकिङ तथा यसअन्तर्गतका नबिल किसान कर्जा र नबिल उद्यमशिल कर्जाका बारेमा नबिल दिगो बैंकिङका प्रबन्धक लिलाप्रसाद ओझा र साना तथा मझौला कर्जाअन्तर्गतका महिला केन्द्रित कर्जा तथा अन्य बैंकिङ सुविधाका बारेमा साना तथा मझौला कर्जा÷लघुवित्त विभाग प्रमुख निरज कुमार बस्नेत डनिलले प्रकाश पारेका थिए।

 

नबिल बैंकले गत असार १५ गते धान दिवसका दिन नबिल दिगो बैंकिङको सुरुआत गरेको हो। सयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्यलाई सघाउन विपन्न तथा ग्रामीण वर्गलाई लक्षित गरी दिगो बैंकिङ कार्यक्रम सुरु गरेको बैंकले यस कार्यक्रमअन्तर्गत नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ।

 

यो पनी पढ्नुहोस् :

भोजपुर नगरपालिकासँग मेगा बैंक नेपाल लिमिटेडले सम्झौता

 

 

 

 

 

 

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:०१

  काठमाडौं: नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा...

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:५६

  काठमाडौं: आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि...

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...