एनएमबि बैंकमा भिडियो कलमार्फत नै खाता खोल्न सकिने
वि.सं.२०७८ भदौ १५ मंगलवार १३:०२
1.8K
shares
काठमाडौं: एनएमबि बैंकमा भिडियो कलमार्फत नै खाता खोल्न सकिने भएको छ । बैंकले ग्राहकको सुविधालाई ध्यानमा राखेर एनएमबि भीकेवाई सेवा सञ्चालनमा ल्याएको हो ।
यो सेवाअन्तर्गत ग्राहकले अब भिडियो कल गरी ५ मिनेटमै खाता खोल्न सक्ने बैंकले जनाएको छ।
एनएमबि बैंकले नेपालमै पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्समार्फत बैंक खाता खोल्न यो प्रविधि भित्र्याएको जनाएको छ ।
यो सेवामार्फत देश तथा विदेश जुनसुकै ठाउँमा खाता खोल्न सकिने बैंकले जनाएको छ। यसले कागजी प्रक्रिया र बैंकसम्म पुग्नुपर्ने झन्झटबालाई ग्राहकलाई मुक्त गरेको छ।
यो पनी पढ्नुहोस् :
आई पे रेमिटले टिकटक च्यालेन्ज प्रतियोगिता सुरु
वि.सं.२०७८ भदौ १५ मंगलवार १३:०२




















