Rajshow Bivag

राष्ट्रिय राजनीति विभाजित भइरहेको अवस्थामा एमसीसी परियोजनाको पक्षमा बज्न थाल्यो टेलिभिजनमा विज्ञापन

विज्ञापनमा एमसीसीको लोगो प्रयोग भएकोले यो विज्ञापन सिधै एमसीसीबाट प्रसारण भएको प्रस्ट

Departmant of helth services

काठमाडौं: अमेरिकी परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजनालाई लिएर राष्ट्रिय राजनीति विभाजित भइरहेको अवस्थामा एक टेलिभिजनमार्फत् विज्ञापन बज्न थालेको छ ।

 

करिब ४० सेकेण्डको उक्त विज्ञापनमा एमसीसीबारे भएको संवादका रुपमा प्रस्तुत गरिएको छ । दुई जना पुरुष कर्मचारीमध्ये एकले एमसीसीबारे धेरै हल्ला चलिरहेको छ के हो ? भन्दै प्रश्न गर्छन् ।

 

तर, अर्कोले एमसीसी छाडिदेऊ, बरु तिम्रो सेयरको मूल्य कति पुग्यो हेरौं न भन्दै एमसीसीको कुरा पन्छाउन खोज्छन् । त्यही संवाद सुनेर एक महिलाले एमसीसीलाई बेवास्ता गर्न नहुने भन्दै सम्झाएको देखिन्छ ।

 

संवादमा ती महिलाले भनेकी छन्, ‘आफ्नो सेयरचाहिँ प्यारो अनि देशलाई फाइदा हुने एमसीसीको चाहिँ बेवास्ता ? यो एमसीसी भनेको त हाम्रै देशको फाइदाको लागि आएको हो । यो एमसीसीको अनुदानले बिजुलीको प्रसारणलाइन बनेपछि त्यसबाट हाम्रै हाइड्रोपावर योजनाहरुबाट हाम्रै देशमा बिजुली खपत गर्न सकिन्छ । अनि त्यो बिजुली बाहिरी देशमा पनि पठाउन सकियो । भरपर्दो बिजुली भएपछि त देशको आर्थिक समृद्धिको जग पनि त बलियो बनाउँछ । तिमीले भोलिको लागि लगानी गरेजस्तै एमसीसी देशको भविष्यको लागि गरिएको लगानी हो ।’ विज्ञापनमा एमसीसीको लोगो प्रयोग भएकोले यो विज्ञापन सिधै एमसीसीबाट प्रसारण भएको प्रस्ट हुन्छ ।

 

टेलिभिजनमार्फत् विज्ञापन प्रसारण हुनुलाई निकै अर्थपूर्ण रुपमा लिइएको छ । मुख्य राजनीतिक दलहरुबीचमा नै सहमति नभइसकेको तथा संसद्‍मा पेस गर्नेबारे सरकार अनिर्णित बनिरहेको सन्दर्भमा टेलिभिजनबाट विज्ञापन प्रसारण गरेर थप दबाब सिर्जना गर्न खोजिएको हुनसक्ने भन्दै विज्ञापनको विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा समेत बहस भइरहेको छ ।

 

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:४०

  काठमाडौं: वर्तमान सरकारमा असन्तुष्ट रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष...

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:०६

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...

हेर्नुहोस् आज २०८१ बैशाख ६ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख ६ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:४९

    मेष - Aries चु, चे, चो, ला, लि,...

१४औं एकल कमेडी शो गर्दै  गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै

१४औं एकल कमेडी शो गर्दै  गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ५ बुधवार १०:१४

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...

नेपाल र साउदी अरबबीचको खेल आज

नेपाल र साउदी अरबबीचको खेल आज

वि.सं.२०८१ वैशाख ५ बुधवार ०७:४२

  काठमाडौं: ओमानमा जारी एसीसी पुरुष प्रिमियर कपमा नेपालले आज...

हेर्नुहोस् आज २०८१ बैशाख ५ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख ५ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख ५ बुधवार ०६:४२

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...