YouTube Link

राष्ट्रिय राजनीति विभाजित भइरहेको अवस्थामा एमसीसी परियोजनाको पक्षमा बज्न थाल्यो टेलिभिजनमा विज्ञापन

विज्ञापनमा एमसीसीको लोगो प्रयोग भएकोले यो विज्ञापन सिधै एमसीसीबाट प्रसारण भएको प्रस्ट

Facebook Link

काठमाडौं: अमेरिकी परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजनालाई लिएर राष्ट्रिय राजनीति विभाजित भइरहेको अवस्थामा एक टेलिभिजनमार्फत् विज्ञापन बज्न थालेको छ ।

 

करिब ४० सेकेण्डको उक्त विज्ञापनमा एमसीसीबारे भएको संवादका रुपमा प्रस्तुत गरिएको छ । दुई जना पुरुष कर्मचारीमध्ये एकले एमसीसीबारे धेरै हल्ला चलिरहेको छ के हो ? भन्दै प्रश्न गर्छन् ।

 

तर, अर्कोले एमसीसी छाडिदेऊ, बरु तिम्रो सेयरको मूल्य कति पुग्यो हेरौं न भन्दै एमसीसीको कुरा पन्छाउन खोज्छन् । त्यही संवाद सुनेर एक महिलाले एमसीसीलाई बेवास्ता गर्न नहुने भन्दै सम्झाएको देखिन्छ ।

 

संवादमा ती महिलाले भनेकी छन्, ‘आफ्नो सेयरचाहिँ प्यारो अनि देशलाई फाइदा हुने एमसीसीको चाहिँ बेवास्ता ? यो एमसीसी भनेको त हाम्रै देशको फाइदाको लागि आएको हो । यो एमसीसीको अनुदानले बिजुलीको प्रसारणलाइन बनेपछि त्यसबाट हाम्रै हाइड्रोपावर योजनाहरुबाट हाम्रै देशमा बिजुली खपत गर्न सकिन्छ । अनि त्यो बिजुली बाहिरी देशमा पनि पठाउन सकियो । भरपर्दो बिजुली भएपछि त देशको आर्थिक समृद्धिको जग पनि त बलियो बनाउँछ । तिमीले भोलिको लागि लगानी गरेजस्तै एमसीसी देशको भविष्यको लागि गरिएको लगानी हो ।’ विज्ञापनमा एमसीसीको लोगो प्रयोग भएकोले यो विज्ञापन सिधै एमसीसीबाट प्रसारण भएको प्रस्ट हुन्छ ।

 

टेलिभिजनमार्फत् विज्ञापन प्रसारण हुनुलाई निकै अर्थपूर्ण रुपमा लिइएको छ । मुख्य राजनीतिक दलहरुबीचमा नै सहमति नभइसकेको तथा संसद्‍मा पेस गर्नेबारे सरकार अनिर्णित बनिरहेको सन्दर्भमा टेलिभिजनबाट विज्ञापन प्रसारण गरेर थप दबाब सिर्जना गर्न खोजिएको हुनसक्ने भन्दै विज्ञापनको विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा समेत बहस भइरहेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...