आई पे रेमिटले टिकटक च्यालेन्ज प्रतियोगिता सुरु
वि.सं.२०७८ भदौ १४ सोमवार १८:५५
2.1K
shares
काठमाडौं: आई पे रेमिटले टिकटक च्यालेन्ज प्रतियोगिता सुरु गरेको छ । आई पे रेमिटले नेपाली नारीहरुका लागि विशेष महत्व राख्ने हरितालिका तीजलाई लक्षित गरी टिकटक च्यालेन्ज प्रतियोगिता आज भदौ १४ गतेबाट सुरु गरेको हो ।
यस प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीहरुले आई पे रेमिटको तीज गीतमा आफ्नो टिकटक भिडियो बनाई अपलोड गर्नुपर्नेछ। भदौ २४ गतेसम्ममा सञ्चालन हुने यस टिकटक च्यालेन्जमा सहभागी हुने एक भाग्यशाली प्रतियोगीले लक्की ड्रमार्फत बम्पर क्यास प्राइज रु. २० हजार जित्ने मौका पाउनेछन्।
यसका साथै यस च्यालेन्जमा सहभागी हुनेमध्ये दैनिक ५ जनाले लक्की ड्रमार्फत रु. ५०० को टपअप पाउनु हुनेछ भने सर्बाधिक लाइक आएको कुनै एक प्रत्योगिली नगद पुरस्कार रु. १०,००० जित्ने मौका पाउनेछन् ।
मलेसिया, जापानलगायत विश्वका विभिन्न मुलुकबाट रकम ल्याइरहेको आई पे रेमिटले रियल टाइम अकाउन्ट डिपोजिट सुविधा साथै नेपालभर छरिएर रहेको १२ हजारभन्दा भुक्तानी काउन्टरबाट ग्राहकलाई सुविधा दिँदै आइरहेको छ।
अघिल्लो वर्ष पनि आयोजना गरिएको आई पे रेमिटको टिकटक च्यालेन्जमा देश तथा विदेशबाट उल्लेखनीय सहभागिता देखिएको थियो र यस वर्ष सो सहभागिता थप उल्लासमय हुने अपेक्षा गरिएको छ।
यो पनी पढ्नुहोस् :
ग्लोबल आइएमई लघुवित्तले ९० लाख रुपैयाँबराबरको ब्याज रकम छुट
वि.सं.२०७८ भदौ १४ सोमवार १८:५५




















