YouTube Link

नेको इन्सुरेन्सले १ अर्ब ६३ करोड रुपैयां खुद बीमा शुल्क आर्जन

World Cup 2026
Facebook Link

काठमाडौं:  नेको इन्सुरेन्स लिमिटेडले   १ अर्ब ६३ करोड रुपैयां खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेको इन्सुरेन्सले १ अर्ब ६३ करोड रुपैयां खुद बीमा शुल्क आर्जन गरेको हो ।

 

नेको इन्सुरेन्सले सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो खुद बीमा शुल्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८.५३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले बीमा शुल्क १ अर्ब २७ करोड रुपैयांमा आर्जन गरेको थियो ।

 

कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत १५ करोड ७५ लाख रुपैयां आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो आय १२ करोड ८७ ला रुपैयाँमात्र थियो। पुनर्बीमा कमिसन आय २५ करोड २० लाख रुपैयांबाट घटेर २० करोड ३० लाख रुपैयांमा सीमित बनेको छ।

 

यो अवधिमा कम्पनीले ६२ करोड रुपैयां खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष कम्पनीले ४९ करोड ३० लाख करोड रुपैयां दाबी भुक्तानी गरेको थियो। खुद दाबी भुक्तानी २५.७७ प्रतिशतले बढेको छ।

 

कम्पनीको नाफा १५.४९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ४६ करोड ८० लाख रुपैयाे नाफा गरेको कम्पनीले समीक्षा अवधिमा ५४ करोड ६ लाख रुपैयां नाफा आर्जन गरेको छ।कम्पनीको व्यवस्थापन खर्च ४.३५ प्रतिशतले वृद्धि भएर ३४ करोड ४५ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष व्यवस्थापन खर्च ३३ करोड १ लाख रुपैयाँमा सीमित थियो।

 

कम्पनीको बीमा कोषको आकार ३१.९१ प्रतिशतले बढेर १ अर्ब ११ करोड रुपैयांको भएको छ। अघिल्लो वर्ष जीवन बीमा कोषमा ८४ करोड ७० लाख रुपैयां रहेको थियो। ४१ करोड ९९ लाख रुपैयां रहेको कम्पनीको जगेडा तथा कोषको आकार ६६.८२ प्रतिशतले बढेर ७० करोड ५ लाख रुपैयांमा सीमित बनेको छ।

 

कम्पनीको जारी बीमालेखको संख्या ३ लाख २ हजार ७१२ रहेको छ। अघिल्लो वर्ष जारी बीमालेखको संख्या २ लाख ४८ हजार २०६ रहेको थियो। चुक्तापु्जी १ अर्ब ३१ करोड रुपैयां रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ४१.०४ रुपैयां, पीई अनुपात ३२.८५ गुणा र प्रतिसेयर नेटवर्थ २४३.३४ रुपैयां रहेको छ।

 

यो पनी :

नेपाल फाइनान्स लिमिटेडले वार्षिक साधारणसभा डाक्यो

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...