नेपाल फाइनान्स लिमिटेडले वार्षिक साधारणसभा डाक्यो
वि.सं.२०७८ साउन ३१ आइतवार १७:५५
3.8K
shares
काठमाडौं: नेपाल फाइनान्स लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ । लिमिटेडले हकप्रद निष्कासनको मुख्य अजेन्डासहित आफ्नो २८ औँ वार्षिक साधारणसभा डाकेको हो ।
कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो भदौ २६ गते आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभा काठमाडौंको कमलादीस्थित नेपाल फाइनान्स लिमिटेडको केन्द्रीय कार्यालयमा वेबिनारमार्फत बिहान ११ बजेबाट सुरु हुनेछ।
सभामा हकप्रदको अजेन्डा विशेष प्रस्तावका रुपमा प्रवेश पाउनेछ। यसअघि कम्पनीले एकैपटक आयोजना गरेको २० औँदेखि २७ औँ वार्षिक साधारणसभाले १:१.७५ अनुपातले हकप्रद जारी गरी पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। सोही सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने र प्राप्ति गर्ने विशेष प्रस्ताव पनि पारित गरेको थियो ।
उक्त वार्षिक साधारणसभापछि कम्पनीले ललितपुर फाइनान्सलाई प्राप्ति गरेको थियो। त्यसपछि कम्पनीको चुक्तापुँजी ४९ करोड ३४ लाख ९६ हजार ४०० रुपैयाँ पुगेको छ।
आउँदो वार्षिक साधारणसभामा भने कम्पनीले हाल कायम चुक्तापुँजी बढाएर ८३ करोड ८९ लाख ४३ हजार ८८० रुपैयाँ पुर्याउने प्रस्ताव पनि अनुमोदन गर्नेछ। यसका लागि कम्पनीले १ः०.७० अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।
हकप्रद जारीपछि गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ। सोही सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई गाभ्ने, गाभिने र प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाउन सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि अनुमोदन गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आउँदो भदौ १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ भदौ १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै सभामा भाग लिन योग्य हुनेछन्।
यो पनी पढ्नुहोस् :
सिद्धार्थ बैंकले २ अर्ब ८३ करोड रुपैयाँ बढी नाफा आर्जन
वि.सं.२०७८ साउन ३१ आइतवार १७:५५



















