YouTube Link

नेपाल फाइनान्स लिमिटेडले वार्षिक साधारणसभा डाक्यो

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं:  नेपाल फाइनान्स लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ । लिमिटेडले हकप्रद निष्कासनको मुख्य अजेन्डासहित आफ्नो २८ औँ वार्षिक साधारणसभा डाकेको हो ।

 

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो भदौ २६ गते आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभा काठमाडौंको कमलादीस्थित नेपाल फाइनान्स लिमिटेडको केन्द्रीय कार्यालयमा वेबिनारमार्फत बिहान ११ बजेबाट सुरु हुनेछ।

 

सभामा हकप्रदको अजेन्डा विशेष प्रस्तावका रुपमा प्रवेश पाउनेछ। यसअघि कम्पनीले एकैपटक आयोजना गरेको २० औँदेखि २७ औँ वार्षिक साधारणसभाले १:१.७५ अनुपातले हकप्रद जारी गरी पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। सोही सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने र प्राप्ति गर्ने विशेष प्रस्ताव पनि पारित गरेको थियो ।

 

उक्त वार्षिक साधारणसभापछि कम्पनीले ललितपुर फाइनान्सलाई प्राप्ति गरेको थियो। त्यसपछि कम्पनीको चुक्तापुँजी ४९ करोड ३४ लाख ९६ हजार ४०० रुपैयाँ पुगेको छ।

 

आउँदो वार्षिक साधारणसभामा भने कम्पनीले हाल कायम चुक्तापुँजी बढाएर ८३ करोड ८९ लाख ४३ हजार ८८० रुपैयाँ पुर्याउने प्रस्ताव पनि अनुमोदन गर्नेछ। यसका लागि कम्पनीले १ः०.७० अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

 

हकप्रद जारीपछि गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ। सोही सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई गाभ्ने, गाभिने र प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाउन सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि अनुमोदन गर्नेछ।

 

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आउँदो भदौ १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ भदौ १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै सभामा भाग लिन योग्य हुनेछन्।

 

यो पनी पढ्नुहोस् :

सिद्धार्थ बैंकले २ अर्ब ८३ करोड रुपैयाँ बढी नाफा आर्जन

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...