स्पेनिस ला लिगा फुटबल धेरै स्टार खेलाडीको लागि घरसरह मानिन्थ्यो
रोनाल्डो र मेसीले छाडेपछि घाटा लागेको छ
वि.सं.२०७८ साउन २७ बुधवार १५:४३
2.2K
shares
एजेन्सीः स्पेनिस ला लिगा फुटबल धेरै स्टार खेलाडीको लागि घरसरह मानिन्थ्यो ।
लिगका दुई उत्कृष्ट खेलाडी सर्वकालीन उत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीले स्पेन छाडेका छन् ।
मेम्सीले बार्सिलोना छाडेपछि ला लिगाको शीर्ष लिगको महत्व घटेको टिप्पणी हुन थालेको छ ।

यी दुई खेलाडीले छाड्दैमा ला लिगाको महत्व नघट्ने कतिपय विश्लेषकको भनाइ छ ।
ला लिगा अझै किन उत्कृष्ट छ, स्पेनिस सञ्चार माध्यम मार्काले पाँच कारण दिएको छ ।
१. समानता
क्रिष्टियानो रोनाल्डोले रियल मड्रिड र लियोनल मेसीले बार्सिलोना छाडेपछि घाटा लागेको छ ।

तर अब स्पेनमा लिग उपाधि होड खुल्ला बनेको छ ।
साविक विजेता एट्लेटिको मड्रिड उपाधि रक्षा गर्ने अभियानमा हुनेछ ।
क्लासिको क्लब र एट्लेटिकोसंगै सेभियालाई पनि आगामी सिजन उपाधि होडबाट बाहिर राख्न मिल्दैन ।
पछिल्लो सिजन सेभियाले अन्त्यसम्म राम्रो प्रर्दशन गरेको थियो ।
लिगमा समानता र प्रतिस्पर्धा पनि बढ्ने छ ।
२. युवा प्रतिभा
सर्जियो रामोस र लिओनल मेस्सीले ला लिगा छाडे पनि हेर्नलायक नयाँ खेलाडी आइरहेका छन् ।
त्यसको राम्रो उदाहरण पेड्री हुन् ।
उनी शीर्ष तहमा आफ्नो दोस्रो सिजन सुरुवात गर्दैछन् ।
उनले पछिल्लो सिजन ७३ खेल खेले ।
यस पट पनि उनी ट्रेनिङमा आइसकेका छन् ।
यस पटक धेरै फुटबलप्रेमीको नजर पेड्रीमा हुनेछ ।
३. आफूलाई सिद्ध गर्ने चुनौती
ला लिगामा धेरै राम्रा खेलाडी पनि छन् ।
उनीहरुमाथि धेरै प्रश्नसमेत उठ्ने गरेको छ ।
एडेन हजार्ड र ग्यारेथ बेल सिद्ध गर्ने चुनौती छ ।

नयाँ खेलाडी सर्जियो अगुएरो, एरिक लामेला क्रमशस् बार्सिलोना र सेभियामा अनुबन्ध भएका छन् ।
उनीहरुले पछिल्ला सिजनमा उत्कृष्ट प्रदर्शन देखाउन सकेका छैनन् ।
यी खेलाडीहरुको सफलताले पनि लिगलाई रोमाञ्चकता दिनेछ ।
४. ऐतिहासिक क्लबको पुनरागमन
रायो भालेकानो, रियल मालोर्का र एस्पानयोल नयाँ सिजनका लागि शीर्ष डिभिजनमा फर्केका छन् ।
उनीहरु रेलिगेसन टार्न यस पटक सक्दो प्रयासमा हुनेछन् ।
उनीहरूले पुराना क्लब गेटाफे, लेभान्टे, इल्चे र काडिजसँग शीर्ष लिगमै रहनकाे लागि संघर्ष गर्नेछन् ।
५. अझै केही हुन बाँकी छ
नयाँ सिजनका लागि धेरै खेलाडी स्पेन आएका छन् ।
त्यसमा डेभिड अलावा, रोड्रिगो डे पउल, मेम्फिस डिपाए, एरिक गार्सिया आदि ठूला नाम हुन् ।
यसले पनि लिगमा केही नयाँ हुने अपेक्षा छ ।
ला लिगा क्लबहरुसँग पहिला भएको जस्तै पैसा छैन ।
अझैपनि किलिएन एमबाप्पे र एर्लिन हालान्ड जस्ता युवा स्टारको नाम भविष्यमा स्पेनमा खेल्न सक्ने चर्चामा छ ।
यो पनि पढ्नु होस्ः
सितोरियो कराँते संघका सिनियर खेलाडीलाई आर्थिक सहयोग
वि.सं.२०७८ साउन २७ बुधवार १५:४३



















