YouTube Link

गरिमा बनिन् न्यूयोर्कमा सम्पन्न ‘मिस नेपाल नर्थ अमेरिका-२०२१’

Facebook Link

काठमाडौं: न्यूयोर्कमा सम्पन्न नर्थ अमेरिका-२०२१ (उत्तर अमेरिका नेपाल सुन्दरी) प्रतियोगितामा मिस नेपाल बिजेता गरिमा ज्ञवाली जितेकी छिन् ।

 

गरिमा ज्ञवालीले १७ जना प्रतियोगीलाई हराउदै मिस नेपाल नर्थ अमेरिका-२०२१ को ताज पहिरिएकी हुन् । प्रथम बिजेतामा याङ्गछेन लामा तथा तथा द्वितीय बिजेता सुभेच्छा निरौला भएका छन् ।

 

यसको साथै मिस ट्यालेन्टमा रोशिका गजमेर, मिस कम्युनिटी आउटरिचमा एलिना राइ, मिस पपुलरमा नग्मा गुरुङ्ग मिस स्माइलमा निमिका थापा, मिस वेस्ट ड्रेसमा सेलिषा नेपाल, मिस पर्सोनालिटीमा गरिमा ज्ञवाली, मिस डिसीप्लिनमा सुप्रिता फुयाल, मिस क्याटवाकमा दिना केसी, मिस पर्सनालिटीमा गरिमा ज्ञवाली, मिस राईजिगं स्टारमा अलिशा गुरुङ्ग, मिस वेस्ट स्किनमा चाँदनी लामा, मिस बेस्ट हेयरमा मुना नेपाल, मिस बेस्ट फिजिक्समा उर्जा केसी, मिस बेस्ट हेरिटेजमा जेनी रावत लगायतलाई प्रदान गरिएको थियो ।

 

अगस्ट १ देखि अगस्ट ६ सम्म प्रतियोगीहरुको तालिम चलेको थियो भने अगस्त ७ का शनिवारका दिन न्युओर्कको तिब्बती सामुदायिक केन्द्रमा हलमा विजेता तथा अन्यको घोषणा गरिएको हो । १८ जना प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्य तथा क्यानडा समेतबाट सहभागिता भएका थिए । पहिलो चरणमा १८ जना प्रतियोगीहरु परिचयात्मक प्रस्तुति पश्च्यात दोस्रो चरणमा १० जना पुगेका थिए । दोस्रो चरणमा पुगेका १० जना मध्ये अन्तिम चरणमा ५ जना पुगेका मध्ये मिस नेपाल नर्थ अमेरिका २०२१ का बिजेता, प्रथम विजेता तथा द्वितीय विजेता घोषित गरिएको थियो ।

 

प्रतियोगिताको लागि पूर्व नेपाल सुन्दरीहरु क्रमस शृंखला खतिवडा, सदीक्षा श्रेष्ठ, मनिता देवकोटा, मलिना जोशी तथा साहना वज्राचार्यले सहभागिता जनाएका थिए । सन् २०१८ की मिस नेपाल वर्ल्ड (नेपाल विश्व सुन्दरी) शृखला खतिवडा अफिसियल मेन्टर (आधिकारिक परामर्शदाता) तथा मुख्य निर्णायक रहेकी थिईन । सदिक्षा श्रेष्ठ कोरियोग्राफर (आधिकारिक सम्पूर्ण प्रशिक्षण) तथा सन् २०१८ कि नेपाल ब्रम्हाण्ड सुन्दरी मनिता देवकोटा प्रशिक्षकको रुपमा भूमिका निर्वाह गरेकी थिईन ।

 

साहना वज्राचार्य कार्यक्रम प्रस्तोताको भूमिका निर्वाह गरेकी थिइन् । यस्तै गरि निर्णायकहरुमा चर्चित कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी, निर्माता तथा निर्देशक आशिष प्रसाई, सवु गदाल कार्की, मोनिका घले, मलिना जोशी, डा.सुलोचना गुरुङ, पूर्ण लामा, पशुपति श्रेष्ठ तथा अधिवक्ता बासु फूलारा रहेका थिए ।

 

उक्त प्रतियोगिताको नारा भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण गरिदै भन्ने राखिएको थियो । ११ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू रहेको मिस नेपाल नर्थ अमेरिकाको आयोजक समूहका संस्थापक अध्यक्ष शैलेश श्रेष्ठ हुन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...