YouTube Link

भाईरस तथा स्लो हुनबाट तपाईंको कम्प्युटर यसरी जोगाउनुहोस्

Facebook Link

एजेन्सीः कम्प्युटर कहिलेकाहि स्लो हुने, फाइलहरू हराउने, अटोमेटिक बन्द हुनेजस्ता समस्या देखिन्छन् । यस्तो किन हुन्छ त ?

 

कम्प्युटरमा भाइरस घुस्यो भने यसले काममा बाधा उत्पन्न गराउँछ । यसले कम्प्युटरमा राखिएका फाइल हराउन थाल्छ । कतिपय समयमा भाइरसले कम्प्युटर आफैँ बन्द हुन्छ ।

 

अनावश्यक फाइलले मेमोरी फुल गरिदिने, फाइल नखुल्ने समस्या आउन सक्छ । कम्प्युटरमा अनावश्यक सर्टकट फाइलहरू बन्छन् । यस्तो अवस्थामा भाइरस लागेको हुन्छ ।

 

तर केही सावधानी अपनाए कम्प्युटरलाई भाइरस लाग्नबाट बचाउन सकिन्छ । एकपटक कम्प्युटरमा भाइरस छिर्यो भने यो व्यापक रूपमा फैलिन्छ । यसका लागि के गर्ने त ?

 

१. इन्टरनेटबाट अनावश्यक सफ्टवेयर डाउनलोड नगर्ने अन्यथा प्राइभेट सफ्टवेयरहरू कपी गर्दा नेटवर्कबाट डाटाहरू एक्सचेन्ज गर्दा कम्प्युटरमा भाइरस लाग्ने सम्भावना बढी हुन्छ ।

 

२. नचिनेको अनलाइन पोर्टलहरू खोल्दा भाइरस लाग्ने संभावना हुन्छ ।

 

३. कम्प्युटरमा भाइरस लाग्दा कम्प्युटर खुल्न बढी समय लाग्छ । कम्प्युटरमा इरर आउँछ ।

 

४. इमेलबाट पनि कम्प्युटरमा भाइरस लाग्ने सम्भावना बढी हुन्छ । नचिनेको इमेल चेक गर्दा कम्प्युटरमा भाइरस लाग्न सक्छ । त्यसैले जोकोहीले पठाएको इमेल चेक गर्नु हुँदैन ।

 

५. बजारबाट किनेर ल्याएका गेमका सिडीबाट, इन्टरनेटबाट प्रोगाम डाउनलोड गर्दा, पेनड्राइभ, मेमोरी कार्ड, फ्लपी डिस्कबाट फाइल सार्दा भाइरस सर्ने सम्भावना बढी हुन्छ ।

 

कम्प्युटरलाई जुनसुकै भाइरसबाट बचाउन एन्टिभाइरस राख्नुपर्छ । त्यसो गर्न सकियो भने केही हदसम्म भाइरसबाट कम्प्युटरलाई जोगाउन सकिन्छ ।

 

एन्टिभाइरस सफ्टवेयरलाई समय–समयमा अपडेट गराइराख्नुपर्छ । पेनड्राइभ, सिडीमार्फत कम्प्युटरमा भाइरस लाग्ने भएकाले खोल्नुभन्दा पहिले स्क्यान गर्नुपर्छ ।

 

(एजेन्सीको सहयोगमा)

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...