टोकियो ओलम्पिक सिकयाे ३९ स्वर्ण सिहत अमेरिका शिर्षा स्थानमा
सन् २०२४ मा फ्रान्सको राजधानी पेरिसमा हुने
वि.सं.२०७८ साउन २५ सोमवार ११:५५
1.7K
shares
एजेन्सीः जापानको टोकियोमा जुलाई २३ देखि सुरु भएको ३२औँ गृष्मकालीन टोकियो ओलम्पिक८ अगस्ट अर्थात आइतबार सकिएको छ ।
३३औँ गृष्मकालीन ओलम्पिक सन् २०२४ मा फ्रान्सको राजधानी पेरिसमा हुने भएको छ ।
टोकियो ओलम्पिकमा अमेरिका अन्तिम दिन शीर्ष स्थानमा रहेको चीनलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।

अमेरिका पदक तालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ ।
अमेरिका ३९ स्वर्ण ४१ रजत र ३३ कास्य गरी कुल ११३ पदक जितेको छ ।
३८ स्वर्ण, ३२ रजत र १८ कास्य गरी कुल ८८ पदक जितेको चीन दोस्रो स्थानमा रह्यो ।
तेस्रो स्थानमा रहेको आयोजक जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्य गरी ५८ पदक जित्यो ।
बेलायत २२ स्वर्ण तथा कुल पदक ६५ सहित चौथो र रसियन ओलम्पिक कमिटी २० स्वर्ण र कुल पदक ७१ सहित पाचौँ स्थानमा रह्यो ।
छिमेकी मुलुक भारतले १ स्वर्ण २ रजत र ४ कास्य गरी ७ पदक जित्न सफल भयो ।
ओलम्पिकको इतिहासमा भारतको यो अहिलेसम्मकै ठूलो सफलता हो ।

टोकियो ओलम्पिकमा कूल २०५ देशका ११ हजार ३०० खेलाडीले भाग लिएका थिए ।
खेलाडीले ३४० स्वर्ण, ३३८ रजत तथा ४०२ कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।
टोकियो ओलम्पिकमा ६५ देशले स्वर्ण पदक जित्दा ९३ देश पदक जित्न सफल भए ।
टोकियो ओलम्पिक नेपालकाे लागि अैाषत रहयाे ।
नेपाल सहित ११२ देश पदकविहीन बन्न पुगे ।
यो पनि पढ्नु होस्ः
टोकियो ओलम्पिक २०२० आज अन्तिम दिन
वि.सं.२०७८ साउन २५ सोमवार ११:५५




















