YouTube Link

‘बलियो एकता, सुरक्षित राष्ट्र’ स्लोगनसहित ‘प्रधानसेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता-२०८२’ हुने

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: ‘बलियो एकता, सुरक्षित राष्ट्र’ स्लोगनसहित २ सय ६३ औं सेना दिवसका अवसरमा ‘प्रधानसेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता-२०८२’ माघ २४ गते शनिबार हुने भएको छ । श्री नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा आयोजित प्रतियोगिताको यो ११ औं संस्करण हो ।

 

२०७२ सालदेखि प्रत्येक वर्ष सेना दिवसको अवसर पारेर आयोजना गरिने ‘प्रधानसेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता-२०८२’ संस्करणका लागि निःशुल्क रजिष्ट्रेशन (फाराम दर्ता) माघ ११ गतेबाट शुरु भएको छ भने माघ १८ गतेसम्म प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म श्री नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, जंगी अड्डा, भद्रकालीमा गर्न सकिने छ ।

 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सामाजिक एकताको प्रतिकको रुपमा रहेको खेलकुद क्षेत्रको विकास तथा नागरिक-सैनिकबीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यअनुरुप नेपाली सेनाले यस किसिमका विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आइरहेको छ भने म्याराथन र हाफ म्याराथनमा धावकहरुलाई प्राथमिकताको आधारमा सहभागी गराइने साथै सहभागीहरुको मेडिकल चेकअप माघ २३ गते हुनेछ ।

 

म्याराथन (४२.१९५ कि.मि.) तर्फ पुरुष खुल्लामात्र, हाफ म्याराथन (२१ कि.मि.) तर्फ महिला-पुरुष खुल्ला, १० कि.मि. तर्फ सैनिक अधिकृतहरु (महिला-पुरुष), सैनिक सहचारी तथा सहचारी कार्यालयमा कार्यरत पदाधिकारीहरु (महिला-पुरुष), सैनिक महाविद्यालय र अवकाशप्राप्त तथा सेवारत् सकल दर्जाहरुका कक्षा १०-१२ मा अध्ययनरत् इच्छुक छोराछोरीहरु, कक्षा १०-१२ मा अध्ययनरत् गैरसैनिक व्यक्तिका इच्छुक छोराछोरीहरु, ५ कि.मि. वाकाथनतर्फ प्रमुख अतिथि, आमन्त्रित उच्चपदस्थ व्यक्तिहरु र ५ कि.मि. दौडतर्फ सैनिक महाविद्यालयमा अध्ययनरत् कक्षा ७ देखि ९ सम्मका इच्छुक छात्रछात्राहरु सहभागी हुनेछन् ।

 

श्री नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति महासेनानी मदनजंग राणा भन्छन्- ‘खेलाडी तथा अफिसियल संख्यामा म्याराथनतर्फ २ सय ५०, हाफ म्याराथनतर्फ ६ सय, १० कि.मि. तर्फ ८ सय, ५ कि.मि. वाकाथनतर्फ ४ सय ५०, ५ कि.मि. तर्फ १ सय र अफिसियलतर्फ ३ सय जना गरेर अनुमानित २ हजार ५ सय जना सहभागी हुनेछन् । काठमाडौं महानगरपालिकाबाट २१ कि.मि. प्रथम हुने पुरुष-महिलालाई मोटरसाइकल र स्कुटर, रिसिक अटोमोबाइल प्रा.लि. बाट ४२.१९५ कि.मि. प्रथम हुने पुरुषलाई मोटरसाइकल पुरस्कार प्रदान हुनेछ ।’

 

यसैगरी ४२.१९५ कि.मि. म्याराथनतर्फ प्रथम ३ लाख, द्वितीय २ लाख, तृतीय १ लाख, चौथो ५० हजार, पाँचौ ३० हजार, छैठौं २५ हजार, सातौ २० हजार, आठौं १५ हजार, नवौं १० हजार, दशौं ५ हजार, २१ कि.मि. हाफ म्याराथनतर्फ महिला-पुरुष प्रथम १ लाख, द्वितीय ७५ हजार, तृतीय ५० हजार, १० कि.मि. दौडतर्फ अधिकृत, सैनिक सहचारीको कार्यालय, खुल्ला पुरुष-महिला प्रथम १० हजार, द्वितीय ७ हजार, तृतीय ५ हजार, ५ कि.मि. दौडतर्फ ७-९ कक्षासम्म अध्ययनरत् विद्यार्थीहरु छात्र-छात्रा प्रथम १० हजार, द्वितीय ७ हजार र तृतीयले ५ हजार जनही पुरस्कार पाउने छन् ।

 

माघ २४ गते ४२.१९५ कि.मि. दौड बिहान ६:२५, २१ कि.मि. दौड पुरुष-महिला (खुल्लातर्फ) ६:३५, १० कि.मि. दौड छात्रछात्राहरु ६:४०, १० कि.मि. दौड पुरुष-महिला (सैनिक सहचारी, नेपाली सेनाका अधिकृतहरु) ६:४५, ५ कि.मि. दौड विद्यार्थीहरु ६:५०, ५ कि.मि. वाकाथन ६:५५ बजे जंगी अड्डाबाट शुरु हुनेछ भने तोकिएका रुट पार गरेर जंगी अड्डामै पुगी समापन हुने जानकारी सेनानी गगनबहादुर महताराले दिएका छन् । हरेक दौडमा डाक्टरसहितको एम्बुलेन्स, बस र १०-१० वटा स्कटिङ मोटरसाइकलको व्यवस्थासहित प्रत्येक २.५ कि.मि. मा चेकप्वाइण्ट, वाटर प्वाइण्ट, स्पोन्जिङ प्वाइण्टको व्यवस्था गरिएको बताइएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...