YouTube Link

नारायणगढको जिएच इन्टरप्राइजेजमा ‘एक दर्जन कपी किन्दा ४ कपी र १ प्याकेट कलम सित्तैमा

World Cup 2026
Facebook Link

चितवन: नयाँ शैक्षिक सत्र २०८३ सुरु हुने तयारीसँगै देशभर विद्यालय भर्ना अभियान सञ्चालन हुन लागेको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने राष्ट्रिय संकल्पलाई केन्द्रमा राख्दै भर्ना अभियानलाई प्रभावकारी बनाउन विभिन्न क्षेत्रबाट सहयोग र सहकार्यका पहलहरू पनि सुरु भएका छन् ।

 

यसै सन्दर्भमा चितवनको नारायणगढमा सञ्चालित जिएच इन्टरप्राइजेजले विद्यार्थी तथा अभिभावक लक्षित आकर्षक अफर सार्वजनिक गरेको छ। नयाँ शैक्षिक सत्र सुरु हुने समयमा विद्यालय तथा कलेजका विद्यार्थीलाई आवश्यक पर्ने कपी, कलम तथा स्टेसनरी सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले यस्तो योजना ल्याइएको सञ्चालक बलराम घिमिरेले जानकारी दिए । उनका अनुसार  ‘एक दर्जन कपी किन्दा चार वटा कपी र एक प्याकेट कलम निःशुल्क’ दिने विशेष अफर ल्याएको छ । यसका साथै विद्यार्थीहरूले खरिद गरेको कपीको परिमाणका आधारमा थप उपहार समेत प्रदान गरिने योजना रहेको उनले बताए ।

 

सञ्चालक घिमिरेका अनुसार यस्तो योजना ल्याउनुको मुख्य उद्देश्य नयाँ शैक्षिक सत्र सुरु हुने बेलामा अभिभावकलाई हुने आर्थिक भार केही हदसम्म कम गर्नु र विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री सहज रूपमा उपलब्ध गराउनु हो । ‘नयाँ सत्र सुरु हुँदा अभिभावकलाई कपी, कलम र अन्य स्टेशनरी सामग्री किनमेलमा झन्झट हुन्छ। हाम्रो अफरले त्यो समस्या केही हदसम्म कम गर्ने विश्वास लिएका छौं’, उनले भने । नारायणगढको शहीद चोकबाट करिब ५० मिटर अगाडि बेलचोक जाने सडक मार्गमा रहेको जिएच इन्टरप्राइजेजले ल्याएको यो विशेष अफर वैशाख महिनासम्म लागू हुने जनाइएको छ ।

 

यस अफरले विद्यार्थी र अभिभावक दुवैमा नयाँ शैक्षिक सत्रप्रति थप उत्साह र जाँगर बढ्ने विश्वास लिएको छ । नयाँ शैक्षिक वर्षको सुरुवातसँगै आवश्यक शैक्षिक सामग्री सुलभ मूल्यमा तथा अतिरिक्त उपहारसहित प्राप्त हुने भएपछि विद्यार्थी तथा अभिभावकबाट राम्रो प्रतिक्रिया आउने अपेक्षा गरिएको सञ्चालक घिमिरेले बताए । नयाँ शैक्षिक सत्रलाई लक्षित गर्दै ल्याइएका यस्ता योजनाले विद्यार्थीलाई अध्ययनतर्फ आकर्षित गर्नुका साथै अभिभावकको आर्थिक भार पनि केही कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...