YouTube Link

दक्षिण एसियामा दीगो शान्ति भारतीय अवैध रूपमा अधिग्रहित जम्मू-कश्मीर विवादको न्यायोचित समाधानविना असम्भव

World Cup 2026
Facebook Link

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले संयुक्त राष्ट्र सुरक्षा परिषद्का सम्बन्धित प्रस्तावहरूमा निहीत कश्मीरी जनताको आत्मनिर्णयको अधिकारका लागि उनीहरूको न्यायोचित संघर्षप्रति पाकिस्तानको अटल समर्थन पुनः पुष्टि गरेका छन् । नेपालस्थित पाकिस्तानी दूतावासले कश्मीर एकता दिवसको अवसरमा आयोजना गरेको विचार-विमर्श कार्यक्रममा उक्त सन्देश सुनाइएको हो । उक्त कार्यक्रमको मुख्य विषय थियो- ‘दक्षिण एसियामा क्षेत्रीय शान्ति र स्थिरता : कश्मीर मुद्दाको समाधान अपरीहार्य पूर्वशर्तका रूपमा ।’

 

नेपालस्थित पाकिस्तानी दुतावासले गरेको विचार-विमर्श कार्यक्रममा पत्रकार, लेखक तथा मानवअधिकार अभियन्ताहरूको सहभागिता थियो । पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री तथा उपप्रधानमन्त्री-विदेशमन्त्रीका सन्देशहरू उक्त अवसरमा सुनाइएको थियो । आफ्नो सन्देशमा पाकिस्तानी राष्ट्रपति जरदारीले दक्षिण एसियामा दीगो शान्ति भारतीय अवैध रूपमा अधिग्रहित जम्मू-कश्मीर विवादको न्यायोचित समाधानविना सम्भव नहुनेमा जोड दिएका थिए । अन्तर्राष्ट्रिय समुदायलाई कश्मीरी जनताको स्वतन्त्र तथा निष्पक्ष जनमत संग्रहको अधिकार सुनिश्चित गर्न उनको आग्रह थियो ।

 

पाकिस्तानका प्रधानमन्त्री मियाँ मुहम्मद शहबाज शरीफले कश्मीर एकता दिवसको अवसरमा कश्मीरी जनताले आफ्ना अविच्छिन्न अधिकारहरू प्राप्त गर्न गरिरहेको न्यायोचित संघर्षप्रति पाकिस्तानको सिद्धान्तगत तथा अटल नैतिक, कूटनीतिक र राजनीतिक समर्थन दोहोर्‍याएका थिए । उनले ५ अगस्ट २०१९ मा भारतले लिएका अवैध तथा एकपक्षीय कदमहरूले भारतीय अवैध रूपमा अधिग्रहित जम्मू-कश्मीरको राजनीतिक तथा मानवअधिकार अवस्थालाई थप गम्भीर बनाएको बताएका छन् । कश्मीर एकता दिवसका अवसरमा पाकिस्तानी उपप्रधानमन्त्री-विदेशमन्त्री सेनेटर मोहम्मद इस्हाक दारले भारतीय अवैध रूपमा अधिग्रहित जम्मू-कश्मीरका जनताले भोगिरहेको दमन, व्यापक मानवअधिकार उल्लङ्घन, मनपरी पक्राउ तथा राजनीतिक र सञ्चार स्वतन्त्रताको दमनतर्फ ध्यानाकर्षण गराका छन् । उनले संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रस्तावहरूको कार्यान्वयन तथा कश्मीरी जनताको स्वतन्त्र र निष्पक्ष जनमत संग्रहको अधिकार सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

 

नेपालस्थित पाकिस्तानी राजदूत अबरार एच. हाश्मीले दक्षिण एसियामा शान्ति र स्थिरता जम्मू-कश्मीरको मूल मुद्दालाई सम्बोधन नगरी हासिल हुन नसक्ने कुरा स्पष्ट पारे । उनले अन्तर्राष्ट्रिय कानून, संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रस्तावहरू तथा विश्व समुदायको नैतिक दायित्वले भारतीय अवैध रूपमा अधिग्रहित जम्मू-कश्मीरका जनताको आत्मनिर्णयको अधिकार सुनिश्चित गर्ने स्पष्ट ढाँचा प्रदान गर्ने बताए । उनले भारतीय संरक्षणमा बनाइएका कुनै पनि कानूनको वैधतालाई स्पष्ट रूपमा अस्वीकार गर्दै त्यस्ता कदमहरूले उक्त भू-भागको विवादित हैसियत परिवर्तन गर्न नसक्ने पुनः पुष्टि गरे ।

 

पछिल्लो छलफलमा अन्तर्राष्ट्रिय कानूनी तथा मानवीय मान्यताअनुसार अन्तर्राष्ट्रिय संस्थाहरूमा कश्मीर मुद्दा उठाउन अर्थपूर्ण संवाद र प्रयासहरूलाई तीव्र बनाउनुपर्ने आवश्यकता सो अवसरमा औंल्याइयो । वक्ताहरूले भारतीय अवैध रूपमा अधिग्रहित जम्मू-कश्मीरका उत्पीडित जनताप्रति विश्व समुदायले ऐक्यबद्धता जनाउन तत्काल कदम चाल्नुपर्नेमा जोड दिए, किनकि उक्त विवादको समाधान क्षेत्रीय शान्तिका लागि अनिवार्य शर्त रहेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...