YouTube Link

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

Facebook Link

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ । त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चयन गर्दैछ । फागुन २१ को चुनावअघि रास्वपा भित्रिएका बालेन्द्र शाह संसदीय दलको नेता चयन हुँदैछन् । उनैलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर रास्वपा चुनावमा होमिएको थियो । बालेनलाई रास्वपाको संसदीय दलको चयन गरेर मात्रै रास्वपा सरकार गठनमा लाग्नेछ । त्यसअघि झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेको रास्वपा नयाँ सरकार गठनको तयारीमा जुटेको छ ।

 

निर्वाचन आयोगले बिहीबार निर्वाचन नतिजाको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएसँगै नयाँ सरकार गठनको प्रक्रियाले औपचारिकता पाएको हो । आयोगले प्रतिवेदन बुझाएसँगै अब संसद् अधिवेशन आह्वान हुने र प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्ने राष्ट्रपति कार्यालयले जनाएको छ । निर्वाचन आयोगका पदाधिकारीहरू शीतलनिवास पुग्दा दरबारमार्गस्थित होटल रोयलसिंगेमा रास्वपाका शीर्ष नेताहरू सरकारको गृहकार्यमा थिए । सो बैठकले चैत १३ गते वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्रीको शपथ लिने टुंगो लगाएको छ । बैठकमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन, उपसभापतिद्वय डिपी अर्याल र डा. स्वर्णिम वाग्ले सहभागी थिए ।

 

विवादरहित व्यक्ति ल्याउने तयारी

चार नेताहरूबीच भएको छलफलमा मन्त्रीहरूको विषयमा सामान्य कुराकानी भएको छ । कुराकानीका क्रममा नेताहरूले मन्त्रिपरिषद चुस्त बनाउने र विवादरहित व्यक्ति र परिणाम दिनसक्ने व्यक्तिहरूलाई मन्त्रालय सुम्पिने तयारी गरेको छ । नेताहरूबीच सरकार बालेनले र पार्टी रवीले दबाबरहित ढंगले चलाउने सहमति भएको बताइएको छ । नेताहरूबीच अर्थमन्त्रीमा उपसभापति वाग्ले लगभग पक्का भइसकेका छन् । उता गृहमन्त्रीका विषयमा कसलाई बनाउने भन्ने सहमति नजुटेको नेताहरू बताउँछन् ।

 

मन्त्री बन्ने नामहरूमा सामान्य छलफल

चार नेताहरूबीच कसलाई कुन मन्त्रालयमा पठाउने भन्ने विषयमा पनि छलफल सुरु भएको छ । बैठकमा बालेन्द्रले पार्टीले नै मन्त्री बनाउन लागेका व्यक्तिहरूको मापदण्ड तयार पार्नुपर्ने र आफूले पनि त्यसमा सहयोग गर्ने बताएको स्रोतको भनाइ छ । बैठकमा मन्त्रालयको सङ्ख्या घटनाउनेबारे पनि छलफल भएको बताइएको छ ।

 

एकै चरणमा शपथ गराउने छलफल

चार नेताको बीचमा प्रधानमन्त्रीको रुपमा बालेन्द्रले शपथ खाएसँगै अरु मन्त्रीपरिषद् पनि एकै चरणमा बनाउने छलफल चलेको छ । सम्भव भएसम्म एकै चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने र सभामुखमा पनि योग्य व्यक्तिलाई पठाउने साझेदार जुटेको स्रोतको भनाइ छ । उपसभामुखमा पनि प्रमुख प्रतिपक्षी दलको तर्फबाट एकजनालाई पठाउनका लागि अपिल गर्ने समेत छलफल चलेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...