YouTube Link

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

Facebook Link

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२ गतेका लागि तय भएको नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट कुनै आधिकारिक स्वीकृति नआएको प्रष्ट पारेको छ । एन्फाले जारी गरेको विज्ञप्ति अनुसार खेल सञ्चालनका लागि दशरथ रंगशालाको मर्मत सम्भारदेखि आवश्यक स्वीकृति समयमै नपाएको दाबी गरेको छ । जारी विज्ञप्तिमा राखेपले दशरथ रंगशाला उपलब्ध नगराएकोले नेपाल र हङकङबीचको खेल रद्द भएको जनाएको थियो ।

 

नेपालले हङकङ फुटबल संघलाई पठाएको पत्रमा नेपालको राजनीतिक तनावका कारण खेल रद्द भएको जानकारी गराएको थियो । तर, आइतबार साँझ नै राखेपले एन्फाको विज्ञप्तिको खण्डन गर्दै समयमै दशरथ रंगशालाको स्वीकृति दिएको र एन्फाले भ्रम फैलाएको जनाएको थियो । त्यसको भोलिपल्ट एन्फाले फेरि विज्ञप्ति निकाल्दै राखेपकै पत्रको खण्डन गरेको छ ।

 

एन्फाका अनुसार खेल सञ्चालनका लागि आवश्यक स्वीकृति तथा दशरथ रंगशाला उपलब्ध गराउन भन्दै माघ १० गते नै राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्राचार गरिएको थियो । सो पत्र माघ ११ गते दर्ता भएपनि लामो समयसम्म कुनै लिखित स्वीकृति प्राप्त हुन नसकेको जनाएको छ । एन्फाले पटक–पटक राखेपका सम्बन्धित अधिकारीसँग ताकेता गर्दा पनि स्पष्ट जवाफ नपाएको दाबी गर्दै चैत ५ गते बिहानदेखि दिउँसोसम्म एन्फाका कर्मचारी राखेप कार्यालयमै उपस्थित हुँदासमेत लिखित स्वीकृति नदिएको एन्फाको दाबी छ ।

 

दशरथ रंगशालाको मर्मत सम्भार, फ्लडलाइट इन्धन, कर्मचारी व्यवस्थापन लगायत सम्पूर्ण आर्थिक तथा प्राविधिक दायित्व आफैंले बहन गर्दै आएको अवस्थामा पनि समयमै स्वीकृति नपाउनु दुःखद् भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । खेल स्थगनको सूचना जारी गरिसकेपछि राखेपले स्वीकृति प्रदान गरिसकेको भन्दै सार्वजनिक गरेको प्रेस विज्ञप्तिप्रति एन्फाले आश्चर्य व्यक्त गरेको छ । ५ गते जारी गरिएको पत्र चैत ८ गते मात्र सार्वजनिक गरिएको भन्दै राखेपको नियतमाथि एन्फाले प्रश्न उठाएको छ । एन्फाले हालसम्म कुनैपनि आधिकारिक वा लिखित स्वीकृति प्राप्त नभएको स्पष्ट पार्दै  प्रशासनिक ढिलाइका कारण उत्पन्न परिस्थितिप्रति सम्पूर्ण खेलप्रेमीहरूसँग क्षमायाचना गरेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...