Texas College
YouTube Link

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

Facebook Link

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२ गतेका लागि तय भएको नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट कुनै आधिकारिक स्वीकृति नआएको प्रष्ट पारेको छ । एन्फाले जारी गरेको विज्ञप्ति अनुसार खेल सञ्चालनका लागि दशरथ रंगशालाको मर्मत सम्भारदेखि आवश्यक स्वीकृति समयमै नपाएको दाबी गरेको छ । जारी विज्ञप्तिमा राखेपले दशरथ रंगशाला उपलब्ध नगराएकोले नेपाल र हङकङबीचको खेल रद्द भएको जनाएको थियो ।

 

नेपालले हङकङ फुटबल संघलाई पठाएको पत्रमा नेपालको राजनीतिक तनावका कारण खेल रद्द भएको जानकारी गराएको थियो । तर, आइतबार साँझ नै राखेपले एन्फाको विज्ञप्तिको खण्डन गर्दै समयमै दशरथ रंगशालाको स्वीकृति दिएको र एन्फाले भ्रम फैलाएको जनाएको थियो । त्यसको भोलिपल्ट एन्फाले फेरि विज्ञप्ति निकाल्दै राखेपकै पत्रको खण्डन गरेको छ ।

 

एन्फाका अनुसार खेल सञ्चालनका लागि आवश्यक स्वीकृति तथा दशरथ रंगशाला उपलब्ध गराउन भन्दै माघ १० गते नै राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्राचार गरिएको थियो । सो पत्र माघ ११ गते दर्ता भएपनि लामो समयसम्म कुनै लिखित स्वीकृति प्राप्त हुन नसकेको जनाएको छ । एन्फाले पटक–पटक राखेपका सम्बन्धित अधिकारीसँग ताकेता गर्दा पनि स्पष्ट जवाफ नपाएको दाबी गर्दै चैत ५ गते बिहानदेखि दिउँसोसम्म एन्फाका कर्मचारी राखेप कार्यालयमै उपस्थित हुँदासमेत लिखित स्वीकृति नदिएको एन्फाको दाबी छ ।

 

दशरथ रंगशालाको मर्मत सम्भार, फ्लडलाइट इन्धन, कर्मचारी व्यवस्थापन लगायत सम्पूर्ण आर्थिक तथा प्राविधिक दायित्व आफैंले बहन गर्दै आएको अवस्थामा पनि समयमै स्वीकृति नपाउनु दुःखद् भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । खेल स्थगनको सूचना जारी गरिसकेपछि राखेपले स्वीकृति प्रदान गरिसकेको भन्दै सार्वजनिक गरेको प्रेस विज्ञप्तिप्रति एन्फाले आश्चर्य व्यक्त गरेको छ । ५ गते जारी गरिएको पत्र चैत ८ गते मात्र सार्वजनिक गरिएको भन्दै राखेपको नियतमाथि एन्फाले प्रश्न उठाएको छ । एन्फाले हालसम्म कुनैपनि आधिकारिक वा लिखित स्वीकृति प्राप्त नभएको स्पष्ट पार्दै  प्रशासनिक ढिलाइका कारण उत्पन्न परिस्थितिप्रति सम्पूर्ण खेलप्रेमीहरूसँग क्षमायाचना गरेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:२८

काठमाडौं: सरकारले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने भएको...

पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति

पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:०८

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र उपसभापति विश्वप्रकाश...

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...