YouTube Link

मन्थली माविले विद्यार्थीहरुलाई बाख्रा पाल्न सिकाउँदै 

Facebook Link

रामेछाप:  मन्थली माविले विद्यार्थीहरुलाई बाख्रा पाल्न सिकाउँन थालेको छ । सरकारी विद्यालयहरुको गुणस्तर खस्कदै गएको गुनासो आइरहेको बेला रामेछाप जिल्लाको नमुना  विद्यालय मन्थली माविले विद्यार्थीहरुलाई बाख्रा पाल्न सिकाउँन थालेको हो।

 

बिद्यार्थीहरुलाई शैदान्तिक ज्ञानका अतिरिक्त व्यबहारिक ज्ञान पनि दिने उदेश्यले उक्त विद्यालयले बाख्रा पालनका साथ साथै तरकारी खेति शुरु गरेको हो ।

 

बालवालिकाहरुलाई व्यबसायीकतातर्फ आकर्षित गर्नका लागि विद्यालयले कक्षा ६ देखी कक्षा ८ सम्मका बालवालिकाहरुलाई यसतर्फ अग्रसर गराएको छ ।

 

सरकारले नमुना विद्यालयका लागि उपलब्ध गराएको आर्थिक श्रोतबाट विद्यालयले आफ्ना विद्यार्थीहरुलाई व्यबसायीक बनाउन यस प्रकारको काम शुरु गरेको विद्यालयका प्रअ टंकप्रसाद दाहालले बताउनु भयो ।

 

विद्यालयमा पढाइहुने पेशा व्यबसाय विषयसंग जोडिएर शुरु गरिएको व्यबसायिक खेतिको उदेश्य बालवालिकाहरुले कम्तिमा पनि घरमा एउटा खसी पाल्न सकुन् र आफ्नो खर्च आफैंले जोहो गर्न सकुन् भन्ने उदेश्य पनि रहेको विद्यालयले जनाएको छ ।

 

स्कुलमा गरेको बाख्रा पालन तथा तरकारी खेति पछि वालवालिकाहरुले घरमा पनि अभिभावकहरुलाई यस प्रकारको काममा सहयोग गर्न थालेका छन् ।

 

यसले कृषि प्रतिको मोह बढ्नुका साथै वालवालिकाहरुलाई काम गर्नु पर्छ भन्ने बानीको पनि विकास हुन थालेको उक्त विद्यालयमा कार्यरत शिक्षकहरु बताउँनु हुन्छ ।

 

नमुनाका लागि सरकारले घोषणा गरेको विभिन्न मापदण्ड पुरा गरेर देशकै नमुना विद्यालय बन्नका लागि कोशिस गरिरहेको उक्त विद्यालयले बाख्रा पालनका अतिरिक्त टनेलमा तरकारी खेति पनि शुरु गरेको विद्यालयका शैक्षिक विभाग प्रमुख चन्द्रसिंह धामी बताउनु हुन्छ ।

 

करिव २ हजार बालवालिकाहरु अध्ययनरत उक्त विद्यालयमा पढ्न आउने विद्यार्थीहरुमध्ये छात्राको संख्या बढी रहेको छ । परिक्षाफलमा मात्र होइन योग, ध्यान, खेलकुद, अतिरिक्त क्रियाकलाप, भौतिक संरचना, विद्यालय भित्रको बगैंचा तथा अन्य धेरै कुरामा  आफ्नो विद्यालय देशकै नमुना रहेको उक्त विद्यालयको दावी रहेको छ ।

 

सेउलाको छाप्रोबाट ६५ बर्ष अगाडि स्थापना भएको उक्त विद्यालयमा अहिले अत्याधुनिक  मिडिया हल, छात्राबास, सहितको ठुला ठुला ६ वटा भवनका साथसाथै शिक्षक तथा  कर्मचारी समेत गरी ७८  जना कार्यरत रहेका छन् । उक्त विद्यालयमा अहिले २ सय १७ जना विद्याथीहरु प्राविधिक शिक्षा पढिरहेका छन् ।

 

यो पनी पढ्नुहोस् :

जापानबाट १६ लाख डोज अस्ट्राजेनेका खोप केही दिनमै नेपाल ल्याईदै

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

वि.सं.२०८३ असार २९ सोमवार १२:४२

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र सरकार सञ्चालनमा नीतिगत...

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

वि.सं.२०८३ असार २८ आइतवार १२:४७

काठमाडौं: फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ...