YouTube Link

एनआईसी एशिया बैंकले आइफोन – १२ पुरस्कार प्रदान

Facebook Link

काठमाडौं:  एनआईसी एशिया बैंकले आइफोन – १२ पुरस्कार प्रदान गरेको छ । बैंकले सुदिक्षा थापालाई आइफोन–१२ पुरस्कार प्रदान गरेको हो ।

 

एनआईसी एशिया बैंकले गत जेठ २३ देखि असार १९ गतेसम्म आयोजना गरेको Online Account Opening Challenge प्रतियोगिता अन्तर्गत कुल १५८ जना योग्य सहभागीमध्ये १ मिनेट १० सेकेन्डमा अनलाइन खाता खोल्ने सर्लाहीकी थापा आइफोन–१२ जित्न सफल भएकी हुन्।

 

योग्य सहभागीहरूले बैंकको वेबसाइटबाट खाता खोल्ने, अनलाइन खाताको स्टेप १ देखि Submitted सम्मको प्रक्रिया देखिने गरी Screenshot सेयर गर्ने, प्रतियोगिता अवधिभर बैंकको आधिकारिक फेसबुक पेजमा रहेको Pinned पोष्टको कमेन्टमा Challenge Accepted लेखि आफ्ना ५ जना साथीलाई Tag गरी उक्त Screenshot पोष्ट गर्ने, उक्त Pinned पोष्टलाई आफ्नो टाइमलाइनमा #GharBataiOnlineKhata तथा #NICASIABANK उल्लेख गरी सार्वजनिक रुपमा सेयर गर्ने र यस बैंकको फेसबुक पेज र उक्त Pinned पोष्टलाई लाइक गरेपश्चात यस प्रतियोगितामा सहभागी भएका थिए।

 

कम समयमा अनलाइन खाता खोल्ने शीर्ष–१० सहभागीले स्मार्टवाच जित्न सफल भएका छन्। जसमा रुपन्देहीकी मैना कँडेल, झापाका सौरभ दाहाल, काठमाडौंका दिनेश महर्जन, ललितपुरका युवराज तिवारी, बनेपाका राजु लामा, कीर्तिपुरकी सीता श्रेष्ठ, डडेलधुराका सम्राट बम, दाङका कुल गिरी, गुल्मीका रविन श्रेष्ठ र पर्साका सरोज कार्की छन्।

 

यसका साथै साप्ताहिक रुपमा सबैभन्दा कम समयमा सफलपूर्वक अनलाइन खाता खोल्दै पहिलो साता काठमाडौंकी अस्मिता खतिवडा तथा कञ्चनपुरका सुरज चन्द, दोस्रो साता काठमाडौंकी कुसुम तिवारी तथा धरानकी दिपशिका योगी, तेस्रो साता वीरगन्जकी प्रमिला चौधरी तथा महेन्द्रनगरकी प्रतिक्षा चन्द र चौथो साता सर्लाहीकी सुदिक्षा थापा (आईफोन–१२ विजेता समेत) तथा अर्घाखाँचीका मोहम्मद अलीले स्मार्टवाच जितेका छन्।

 

यस प्रतियोगिता अवधिभर कुल ९ हजारभन्दा बढीले खाता खोलेकोमा १५८ जनाले मात्रै प्रतियोगितामा सहभागी जनाएका थिए। जसमा विजेता बनेका १८ जनाले न्यूनतम १ मिनेट १० सेकेन्डदेखि अधिकतम ३ मिनेट ९ सेकेन्ड लगाएर सफलपूर्वक अनलाइन खाता खोलेका थिए।

 

विजेताले ७ दिनभित्र बैंकको आधिकारिक फेसबुक पेजमा सम्पर्क गरी आफ्नो पुरस्कार दाबी गर्नुपर्नेछ र आफ्नो खाताको हस्ताक्षर भेरिफिकेसनका लागि सक्कल नागरिकतासहित बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।

 

यो पनी पढ्नुहोस् :

सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुआत

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...