हेर्नुहोस् तपाईको आज २०७८ साउन ४ गते सोमबारको तपाईको राशिफल
अखबार नेपाल
वि.सं.२०७८ साउन ४ सोमवार ०७:०४
पाथीभरा माता की जय !!!
मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अपरान्ह सम्म दिन राम्रो रहनेछ, कार्य क्षेत्र लगायत अन्य कुराहरुमा प्रयास गर्दा सोचे अनूरुप हुन सक्छ । गरेका कामहरु ३ बजे अगावै सम्पन्न गर्नुहोला । अपरान्ह पछि समय कष्टकर खालको हुन थाल्नेछ । कार्यमा ढिलाइ हुने वा मmन्मmट बेहोर्नु पर्ने, मानसिक चिन्ता अथवा भयले सताउने, खानपान र स्वास्थयमा गडबडी आउन सक्छ । अनावश्यक खर्च, झगडा, र विवाद बल्झिन सक्छ, रोजगार सम्बन्धि समस्याले अथवा पारिवारीक समस्याले मन खिन्न हुनेछ, सवारी साधन सावधानीपूर्वक चलाउनु होला, वैदेशिक व्यापार तथा लगानीको लागि भने समय राम्रो छ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय राम्रो रहने छ । वैवाहिक सुख, पारिवारिक जमघट, वाणिज्य र व्यवसायमा लाभ, पार्टनरशीपमा व्यवसायमा राम्रो हुने, प्रेम सम्बन्ध तथा दाम्पत्य जीवन आनन्दमय हुने, भोग विलास मनोरन्जनमा रुचि जान सक्नेछ । व्यापार व्यवसायमा रोकिएको कार्यहरु बन्न सक्नेछन् । शत्रुजनित पीडाबाट मुक्ति पाइने छ । शेयर तथा व्यापार व्यवसायमा फाइदामूलक लगानी हुने योग बनेको छ ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अपरान्हसम्म नकारात्मक उर्जाबाट बच्नु पर्ने दिन छ । बिध्न बाधाहरुले गर्दा निरिह हुनुपर्ने अवस्था आउन पनि सक्ला, मन अशान्त रहला, मुड बिग्रीएर झर्किने वा झोक्किने सम्मको अवस्था आउन सक्छ । धन वा सामान हराउने देखि अपयशको भागि हुनु पर्ने सम्मको योग देखिएको ले सावधान रहनु होला । ३ बजे पछि समय अनुकुल बन्दै जानेछ । कार्य बोझहरु बाट मुक्त भइने छ, स्वास्थ्य राम्रो रहने, आदर सत्कार र आनन्द प्राप्त हुने खालको दिन छ, गुप्त शत्रुहरु पराजित हुन थाल्नेछन, आर्थिक लाभ, मुद्दा मामिला लगायत अन्य कुराहरुमा सोचे अनुसार हुनुको साथै पारिवारिक सुख पाइने योग बनेको छ, कार्य स्थलमा सहयोग पाइने, विद्यार्थीहरुलाइ समय राम्रो छ ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिन अनूकूल छैन, बिना कारण अलमलिएर समय बित्न सक्छ, शारिरिक दुर्बलता, आफन्त हानी, कुटुम्ब विवाद, मन अशान्त हुने, विवेक डगमगाउने, व्यर्थको श्रम, अनावश्यक खर्च, कार्यमा बाधा, सोचेको काम नबन्ने वा झंझट बेहोर्नु पर्ने, शत्रुले दुख दिन सक्ने वा मित्रहरुको व्यवहार शत्रुवत् हुन सक्ला । स्वास्थ्यमा समस्या आउने विशेषत शिर तथा पेटसम्बन्धि समस्या आउन सक्छ, सन्तानको तर्फबाट चिन्ता वा कष्ट पर्ने सम्भावना भएकोले आज सचेत रहनु पर्नेछ । घर बाहिर भ्रमणको योग रहेकोले यात्रा गर्दा सावधान हुनुहोला ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
निरोगिता प्राप्ती, मनमा प्रशन्नता, घरायसी सुख, आदर सत्कार तथा मिठो खानपान हुने, धनको सही ठाउँमा खर्च हुन सक्ने, मित्रहरुले सहयोग गर्लान, अडकिएका कार्यहरु उक्त समय अगावै सम्पन्न गरिसक्नु भएमा राम्रो । र व्यर्थको भ्रमण तथा विवादहरुबाट भने आज जोगिनु होला । अपरान्ह पछि दिन प्रतिकुल हुन थाल्ला । विश्वास गरेकाहरुले निराश गर्नेछन्, धन, पैतृक सम्पत्ति वा आर्थिक कुराहरुसँग सम्बन्धित समस्याहरुले सताउने सम्भावना छ, रोगव्याधि तथा शत्रुपक्षबाट पनि सतर्क रहनुहोला, पारिवारिक तथा घरेलु झगडा, कार्य हानी, भोजन तथा निद्रामा असुविधा, मित्रहरुबाट घात हुन सक्ने, चोटपटक जस्ता कुराहरु हुन सक्ने भएकोले सावधानी अपनाउनु पर्ने देखिएको छ, आज विवादबाट सकेसम्म बच्ने प्रयास गर्नुहोला ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिन अनुकुल छ, मन प्रशन्न रहने, घरायसी सुख तथा आदर सत्कारको प्राप्ति, मिठो खानपान र रमाइलोसँग समय बित्ने, स्वास्थय उत्तम रहने, धनलाभ वा धन सम्बन्धि सही ठाउँमा खर्च हुने, मित्र तथा बन्धु सुख प्राप्त भइ शत्रुजनित पिडाबाट छुटकारा मिल्ने सम्भावना छ, वस्त्र तथा भौतिक संशाधनको प्राप्ति वा अन्य लाभकारी घटनाहरु हुन सक्नेछन । मित्र सुख, स्त्रि सुख, दाम्पत्य सुख, सन्तानपक्षबाट सुख प्राप्तिको योग छ ।सरकारी सेवामा हुनेहरुलाइ सोचे अनुरुप हुने योग छ, विद्यार्थीवर्गलाई दिन राम्रो रहने छ । व्यापार व्यवसाय र लगानीको लागि पनि दिन उत्तम छ ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
३ बजेसमम दिनलाई सदुपयोग गर्नु भएमा लाभदायक रहने छ , मन प्रसन्न हुने, चिताएको पुग्ने, सकारात्मक विचार र उच्च मनोबलले गरेका कार्य सफल हुने, स्थान लाभ, निरोगिता प्राप्ति, मित्रहरुको सहयोग, धन लाभ अथवा उपहार आदि प्राप्ति हुने सम्भावना बन्लान, कुटुम्ब, मित्र तथा सहकर्मीहरुसँग सुमधुर र परिणाम्मूलक वार्तालाप हुन सक्ला । ३ बजे पछि भने मानसिक चिन्ता थपिन सकछ । उत्साहमा कमी आउला । व्यर्थको श्रम, गलत ठाउंमा धन खर्च भएको महसुस हुनेछ । आफन्तहरुलाई अपठ्यारो पर्ने अथवा उनीहरुसँग वैमनस्यता बढन सक्ला, मनमा विकार आउने वा मन खिन्न हुन सक्ला, कसै कसैलाई बोली वचन रुखो वा ठाडो भएको कारणले समस्या आइलाग्न सक्छ, खानपानको गडबडीले स्वास्थ्यमा असर पर्नेतर्फ हेक्का राख्नु पर्नेछ । यात्रा गर्दा सावधानी अपनाउनु पर्नेछ र क्रोध, विवाद र अनावश्यक मmमेलाहरुबाट चाँही आज बच्नु होला ।
अपरान्ह सम्म अशान्त चित्तले ग्रसित हुनु पर्ला, खर्च बढने, धन वा आफन्त हानी, नचिताएको मानसिक तथा शारिरिक कष्ट हुने, खानापानमा अरुची अथवा समस्या देखा पर्ने, कार्यस्थलमा हानी, नजीककाहरुले वा कुटुम्बहरुले भित्रभित्रै रिस गर्लान, मित्रहरुसँग सम्बन्ध विग्रने सम्भावना पनि बन्न सकला ,सन्तान पक्षको ध्यान दिनुहोला, ३ बजेपछि हरेक कार्यमा भाग्यले साथ दिएको महसुस थाल्नेछ । मित्र सुख, स्त्रि सुख, दाम्पत्य सुख, मिठो खानपान र रमाइलोसँग समय बित्न सक्ने योग छ , आरोग्य प्राप्ति, पराक्रममा वृद्धि, वस्त्र लाभ, आर्थिक लाभ अथवा अन्य लाभकारी घटनाहरु हुन सक्नेछन । अरुले तँपाइको प्रशंसा गर्न सक्लान । कसै कसैलाई पदोन्नतिको सम्भावना, मान कदर प्राप्त होला, शत्रुमाथि विजयको साथै सन्तानपक्षबाट सुख र विद्यार्थीवर्गलाई समय राम्रो रहनेछ । व्यापार व्यवसाय र लगानीको लागि ३ बजे पछि राम्रो छ ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रमाइलो बसिवियाँलो वा मिठो खानपानमा रुचि बढन सक्नेछ, स्थाई वस्तुहरुको प्राप्ति हुन सक्ने योग छ साथै गरेका कार्यहरुले सफलता र यश दिलाउँनेछ , आय वृद्धि को बाटो फेला पर्न सक्छ, सार्वजनिक क्षेत्रमा हुनेहरुलाई नयाँ पद वा फरक जिम्मेवारी प्राप्तिको योग बन्ला । अपरान्ह पछि भने दिन प्रतिकुल हुन थाल्नेछ । कार्यस्थलमा हानी, मन अशान्त हुन थाल्ने, निद्रा बाधित हुने वा सुत्ने समय नमिल्ने, खर्चहरु बढने, धन वा आफन्त हानी, नचिताएको मानसिक तथा शारिरिक कष्ट हुने, खानपानमा अरुची हुने अथवा अन्य खालको समस्या देखा पर्ने, नजीककाहरुले वा कुटुम्बहरुले भित्रभित्रै रिस गर्ने छन, मित्रहरुसँग सम्बन्ध विग्रन सक्ने योग छ, सन्तान पक्षको ध्यान पनि दिनुहोला, कसै कसैलाई अस्पताल जानु पर्ने वा सो सम्बन्धि खर्च हुन सक्नेछ, कुनै पुरानो गोप्य सम्बन्धको कारणले तनाव पनि उत्पन्न गराउन सक्ने भएकोले सावधान रहनु होला ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिन शुभ फलदायक रहने छ । विविध प्रकारले अथवा विविध क्षेत्रबाट लाभहरु मिल्न सक्नेछ, प्रयास गरेको खन्डमा आर्थिक पक्ष बलियो बन्ने योग छ, व्यापारमा पर्याप्त लाभ, सन्तानपक्षबाट खुशी प्राप्त, विशेष रमझम र खानपानमा सहभागी भइएला, मित्र तथा बन्धुबान्धवहरु बिच रमाइलोमा समय बित्नेछ, स्वास्थय पक्ष राम्रो हुनेछ, घरमा शुभ तथा मांगलिक कार्यहरु हुन सक्नेछन । आफूले मान्नु पर्ने मान्छेहरुबाट फाइदा मिल्ने योग चलेको छ ।
कष्टदायी अनुभव हुने, रोगले सताउन सक्ने अथवा चिन्ता पर्ने, अरुसँग विवाद र मनमुटाव आदि हुन सक्ला । धन हानी वा मनमा केही कुराको डर लागिरहने हुन सक्छ । पारिवारीक मmमेला वा चोटपटक लाग्ने सम्भावना रहेकोले सावधानी अपनाउनुहोला । बोलिको कारणले बनिसकेको काम विग्रन सक्ला । खराब खालका गुप्त कुराहरुबाट टाढा रहनु पर्नेछ । अपरान्ह पछि दिन बिस्तारै अनुकुल हुन थाल्नेछ, आत्मविश्वास बढने, विगतमा गरेको कुनै कार्यको सही मूल्याकंन हुने वा सफल हुने सम्भावना बन्नेछ ।अरुबाट कदर पाइने वा अरुले तँपाइको प्रशंसा गर्ने, स्वास्थयमा समस्या आइरहेको छ भने बिस्तारै आरोग्यता प्राप्ति हुन थाल्ने, धन लाभको स्थिती बन्नुको साथै मित्रहरुको सहयोग पाइने छ । नयाँ कार्यको थालनी हुने अथवा गरिरहेको काममा थप नयाँ किसिमले गर्न मन लाग्नेछ । सरकारी वा सार्वजनिक पद धारण गर्नेहरुलाई बिशेष लाभ मिल्ने बलियो सम्भावना छ, प्रयास जारी राख्नु होला ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन प्रतिकुल रहनेछ । धन हानी व अधिक खर्च भइदिने, कष्टदायी स्थितीको अनुभव हुन सक्ला, पेटजन्य समस्या तथा अन्य रोगले सताउन सक्ने सम्भावना छ । अरुसँग विवाद र मनमुटाव आदि बाट बच्नु होला । मनमा केही कुराको चिन्ता परिरहन सक्छ । पारिवारीक मmमेला वा विवाद हुने, बनिसकेको काम विग्रने वा अधुरो छोडनु पर्ने सम्भावना बन्न सक्छ । खराब तथा अनैतिक खालका गुप्त सोच र सम्बन्धहरुबाट टाढा रहनु पर्नेछ, नत्र पछि बदनामीको भागि बन्नु पर्ला । चोटपटक लाग्ने सम्भावना चलिरहेकोले यात्रा गर्दा भने सावधानी अपनाउनु पर्नेछ । शैक्षिक तथा प्राविधिक क्षेत्रमा लाग्ने हरुलाइ भने दिन फलदायी रहन सक्ला, कसै कसैलाइ जागीर वा व्यवसायमा परिवर्तनको संकेत देखिन सक्छ ।