अफगानिस्तानमा गरेको सैन्य हस्तक्षेप अन्त्य गर्दै अमेरिकी सेना बगराम एयरबेसबाट अमेरिका फर्किए
अमेरिकी सेना अफगानिस्तानबाट फर्किए लगत्तै तालिबानले तीव्र गतिमा इलाकाहरू कब्जा
वि.सं.२०७८ असार २३ बुधवार ११:५५
3.4K
shares
एजेन्सी: अमेरिकाले अफगानिस्तानमा गरेको सैन्य हस्तक्षेप अन्त्य गर्दै अमेरिकी सेना बगराम एयरबेसबाट अमेरिका फर्किएको छ ।
गत शुक्रबार बिहान ३ बजेतिर अमेरिकी सेनाले बगराम छाडेको जानकारी अफगान सेनाका जनरल असदुल्ला कोहिस्तानीले दिएका हुन् ।
बीबीसीका अनुसार अफगानी सुरक्षा बलले अमेरिकी सेना बगरामबाट हटेको जानकारी केही घण्टापछि मात्रै प्राप्त गरेको थियो ।
बगराममा एक जेल पनि छ, जहाँ पाँच हजारजति तालिबानी विद्रोहीलाई कैद गरिएको अनुमान छ ।
अमेरिकी सेना अफगानिस्तानबाट फर्किएलगत्तै तालिबानले त्यहाँ निकै तीव्र गतिमा इलाकाहरू कब्जा गर्न थालेको छ ।
शुक्रबार अमेरिकाले बगराम एयरबेस खाली गरेको जानकारी दिएको थियो । सो कदमसाथ अफगानिस्तानमा अमेरिकी सैन्य अभियान अन्त भएको हो ।
राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर ११ अघि नै अमेरिकी सेनालाई अफगानिस्तानबाट फर्काइने बताएका थिए ।
समाचार एजेन्सी एपीका अनुसार अमेरिकी सेनाले हजारौं सवारीसाधन र सयौं बख्तरबन्द गाडी पनि त्यत्तिकै छाडिदिएका छन् ।
तर, अमेरिकीहरूले भारी हातहतियार लगेका छन् भने गोलाबारुद राखिएका केही भण्डार जलाइदिएका छन् । केही थान छोटा हातहतियार र गोलाबारुद भने छाडेका छन् ।
वि.सं.२०७८ असार २३ बुधवार ११:५५



















