स्पेनलाई टाइब्रेकरमा हराउँदै ईटाली युरोकपको फाईनलमा
इटाली उपाधि नजिक
वि.सं.२०७८ असार २३ बुधवार ०४:४२
2.4K
shares
एजेन्सीः युरोकप २०२० इङ्ल्याण्डको बेम्बली स्टेडियममा भएको सेमिफाईनल खेलमा ईटाली
विजयी भएको छ ।
पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले स्पेनलाई पराजित गर्दै ईटाली फाईनल प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिए पछि खेल अतिरिक्त समय तर्फ
धकेलिएको थियो ।
सुरुवाती समय देखि स्पेनले बल पोजेससनमा आफ्नो पकड रादै खेल खेलेको थियो ।
१२० मिनेटको खेल अवधिभर स्पेनले १६ प्रहार विपक्षको पोस्टमा गर्दा ५ प्रहार मात्र फ्रेम भित्र
परेको थियो ।
स्पेनको पोष्टमा ईटालीले जम्मा ७ प्रहार गर्दा ४ प्रहार फ्रेममा परेको थियो ।
खेलमा तीन पहेलो कार्ड देखाइएको थियो ।
जसमा ईटाली तर्फ २ स्पेनका खेलाडीलाई एक कार्डको प्रयोग गरिएको थियो ।
निर्धारित र अतिरिक्त समय भरि ईटालीले १७ स्पेनले १८ फल खेलेका थिए ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा दुई गोल भिएको थियो ।
खेलको ६०औं मिनेटमा किपरले निकै चलाखी पूर्ण तरिकाले दिएको बललाई इटालीले काउन्टर
अट्याक्मा गोल गर्न सफल भयो ।
दुई डिफेन्डरको बिचबाट फेडेरिकोले गरेको कडा प्रहार सिधै जाली चुमेको थियो ।
उक्त बललाई स्पेनका गोलकिपरले बचाउने कुनै प्रयास समेत गर्न पाएन्न ।
इटालीले त्यसै गोल मार्फत खेलमा १ गोलको अग्रता बनायो ।

स्पेन १ गोलले पछि परेको स्थितिमा ६४औं मिनेटमा बराबरी गोल गर्ने मौका पाएकाे थियाे ।
तर उक्त बल पोष्ट नजिकैबाट बाहिरिन पुगेको थियो ।
८०औं मिनेटमा स्पेनले बराबर गोल फर्काउन सफल भयो ।

डेनिइलो ओलमोको पासमा अल्भारो मोरटाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
त्यस पछि दुबै टोलीबाट कुनै गोल हुन सकेन ।
निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएको थियो ।
अतिरिक्त ३० मिनेटको समय पनि गोल रहित बराबरीमा सकियो ।

थपगरिएको समय पनि गोल बिहिनमा सकिए पछि खेलमा टाइब्रेकरको सहराबाट बिजेता छिनोफानो गर्नु पर्ने बाध्य भएको थियो ।
टाइब्रेकरमा ईटालीको मनुइल लोकाटेलीको पहिलो प्रहार स्पेनका किपरले अन्दाज लगाउदै बायाँ
साइड तर्फ डाइभ दिदै विफल तुलाए ।
स्पेनका डेइनिलो ओलमेको प्रहार अकासिएर बाहिरियो ।
इटालीको अन्द्रेय बेलोटी,लेओनारदो बोलुची,फेडेरिको बेर्नारदेस्ची रजोर्गीन्होको प्रहार सफल भएको थियो ।
स्पेनका जेरार्ड मोरेनो र थिएगो अल्चनटारले गोल गरेका थिए ।
भने अल्भारो मोरटाको प्रहार ईटालीका किपरले रोकोका थिए ।
युरोकप २०२० मा स्पेन याे हारसँगै प्रतियाेगिताबाट बाहिरिएकाे छ ।

यो पनि पढ्नु होस्ः
वि.सं.२०७८ असार २३ बुधवार ०४:४२



















