हेर्नुहोस् तपाईको आज २०७८ असार २३ गते बुधबारको तपाईको राशिफल
अखबार नेपाल
वि.सं.२०७८ असार २३ बुधवार ०६:२१
पाथीभरा माता की जय !!!
मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
गरेका कार्यमा बाधाहरु आउन सक्छन, खर्च सोचेभन्दा बढी हुन सक्ला, कामहरु अडकिने वा नबन्नुको साथै शारिरिक पीडा, चोटपटक आदि हुन सक्न भएकोले आज सावधान रहनुहोला । खानपान नमिल्नाले स्वास्थ्यमा गडबडी आउन सक्ला । वाणीलाई नियन्त्रणमा राख्दै आज पारिवारिक तथा दाम्पत्य मनमुटाव बाट टाढै रहनु भएमा दिन सहज हुनेछ, लगानी र व्यवसायमा आज प्रतिकुलता छ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सानो प्रयत्नले पनि उपलब्धि हासिल हुने खालको दिन बन्न सक्छ । प्रयास गरेमा चिताएको काम सम्पन्न हुने सम्भावना छ । शत्रु पक्ष कमजोर हुनेछन । परिवार तथा मित्रहरुसँग रमाइलो भलाकुसारी र जमघट हुने योग छ, स्वादिष्ट भोजन प्रति मन लालायित बन्न सक्नेछ मन खुशी हुनेखालका सामग्रीहरु प्राप्त हुने सम्भावना छ । सार्वजनिक तथा सामाजिक क्षेत्रमा संलग्न हुनेहरुको लागि दिन राम्रो छ । राजनितीमा लाग्नेहरुलाई दिन सकारात्मक रहन सक्छ । साथै तँपाइबाट आज अरु कोही प्रभावित हुने सम्भावना पनि छ । विद्यार्थी तथा व्यवसायी वर्गलाई समय राम्रो छ । प्रेम प्रसंग तथा दाम्पत्य सुखको लागि दिन शुभ रहनेछ ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सावधानी अपनाउनु पर्ने खालको दिन छ , आत्मबल केहि कमजोर भइ मन विचलित हुन सक्नेछ । हानी नोक्सानीले मन दुखी बनाउला । गरिने निर्णयहरु गलत हुन सक्छन् । कहाँ जाउँ के गरौं भन्दै मन दोसाँधमा उभिने अवस्थाले मानसिक अशान्ति र छटपटि बढाउला । परिवारमा केहि असमझदारीहरु नबढलान भन्न सकिन्न । मानसिक खिन्नता र कार्यमा बिध्नबाधा आउन सक्ने भएकोले सचेत रहनु होला । धन तथा स्वास्थ्यको विशेष ख्याल गर्नु पर्नेछ । शरिरमा कमजोरीको महसुस हुन सक्छ । अनिद्रा, एलर्जी तथा मौसमी संक्रामक रोगहरुबाट बच्नुको साथै घाउचोटपटकको सम्भावना भएकोले सावधान रहनु पर्नेछ । खानपान तथा बोलिको कारणले समस्या निम्तिने कुरामा हेक्का राख्नु होला । खर्चमाथि नियन्त्रण जरुरी छ ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तम रहनेछ, आर्थिक लाभको सम्भावना । शत्रुुबाधा हटने, मित्रहरुसँग रमाइलो गरिने तथा मिठो खानपान हुने, सोचेको कार्यहरुमा सफलता मिल्नेछ, कुनै स्थाई लाभ वा सम्पत्ति प्राप्तिको योग पनि चलेको छ, अडकिएका कार्यहरुले गति लिनेछन् , अरुबाट आदर तथा कदर हुने, गरेका कार्यको उपलब्धि प्राप्त होला । कसै कसैलाई पद, सम्मान मिल्ने सम्भावना पनि बन्ला साथै सार्वजनिक राजनैतिक तथा सामाजिक हितको लागि समय खर्चिर्नु पर्ने पनि हुन सक्छ । अविवाहित तथा प्रेमीहरुलाई दिन राम्रो रहन सक्छ । पढाइ लेखाय तथा शिक्षा आर्जनको लागि पनि दिन लाभदायक रहनेछ ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगनशील बन्नु भएमा दिन शुभ रहनेछ, साँचो मनले गरेको कार्यहरुमा ग्रहले साथ दिनेछन, कर्म क्षेत्रमा विभिन्न अवसरहरुले तँपाइलाई पछ्याउने सम्भावना बनेको छ । सार्वजनिक क्षेत्रमा संलग्न हुनेहरुले चुनौतिहरुलाई चिर्दै अगाडि बढनु भएको खन्डमा आफनो छवि, नेतृत्व अथवा आधिपत्य स्थापित गर्नमा सफल भइनेछ, तँपाइको गहकिलो काम र प्रयासलाई अरुले सराहना गर्नेछन्, शत्रुहरु किनारा लाग्नेछन् । राजनितिमा हुनेहरुको विचार परिवर्तन हुने अथवा ध्रुविकरण हुने सम्भावना बनेको छ ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सचेत हुनु पर्ने खालको समय छ, लटखटमा वा झमेलामा पर्ने सम्भावना बन्न सक्ला, धन लगानी वा खर्चको विषय सम्बन्धि समस्या उब्जिन सक्छ, विरोधिहरु बढने वा उनीहरुबाट तनाव बढाइदिने काम होला, आफुले मान्नुपर्नेहरुले नै समस्या दिनेछन्, आफ्नो स्वास्थ्य सम्बन्धि लापरवाह नहुनु होला । लसपस र उठबसले थाहै नपाइ समस्यामा परिएला । लगानी र व्यवसायलाई आज थाँती राख्नु पर्नेछ ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सावधानी अपनाउनु पर्ने खालको दिन छ । झिना मसिना कुराहरुले गर्दा मूख्य काम रोकिन सक्छ । आलस्यलाई त्यागेर आत्मबल बढाएर कार्यहरुलाई अगाडि बढाएमा दिन सहज हुनेछ । शारिरिक शिथिलता बढने भएकोले स्वास्थ्य स्थितिलाई हेलचेक्रयाइ नगर्नु होला । गरेका कामहरुमा शुरुमा सन्तोषजनक परिणाम नआउन सक्ला । हडबडी गर्नाले कामहरु बिग्रन सक्लान । नकारात्मक व्यक्तिहरुको कारणले समस्यामा परिने सम्भावना भएकोले आज सावधानी अपनाउनु होला, नजिककाहरु टाढिन सक्छन् । आफूले बोलेको अरुले उल्टो बुमिmदिनाले समस्या उत्पन्न भइदेला । तसर्थ बोल्दा संयमित भएर बोल्नु पर्दछ । सवारी साधन चलाउँदा अलि सचेत भइदिनुहोला ।
आँट र आत्मबललाई कायम राख्नु भएमा दिन शुभ रहने छ , शुभचिन्तकहरुको साथ र सहयोग पाइनेछ । दैनिक कार्यमा उत्साह र जाँगर बढने छ । धार्मिक अथवा आध्यात्मिक कुरामा मन जाला, स्वादिलो खानपान र रमाइलो जमघटले मन प्रसन्न रहला, जीवन शैलीमा अथवा साझेदारी कार्यमा केही नयाँ फरक सोच आउने वा परिवर्तन गर्न मन लाग्न सक्छ । आर्थिक लाभको हुनुको साथै सुन चाँदी लगायत अन्य धातु वा कपडा आदि व्यवसायबाट लाभ प्राप्त हुने समय छ । भाइ बहिनी, मित्र, छिमेकी अथवा कम उमेरको मानिसहरु सँग आज सहकार्य वा छलफल हुन सक्ला । कसै कसै लाई आफनो मनपरेकोसँग विशेष लगाव वा माया हुने सम्भावना छ ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सोचेअनुसारकै दिन रहला, मन प्रसन्न रहने, धन लाभ, पारिवारिक सुख, मानसिक सुख तथा भौतिक सुख प्राप्त हुने खालको दिन बन्न सक्छ, शत्रुजनित पीडा तथा संक्रामक मौसमी बिमारीहरुबाट राहत पाइने, आफूले मन पराएको वा चिताएको मान्छेसँग भेटघाट हुने खालको दिन छ, प्रयास गर्नुहोला । प्रेमीहरुको लागि तथा दाम्पत्य जीवन सुधार्नको लागि आज दिन शुभ रहनेछ। कसै कसैलाई आज रिन लाभ हुने योग पनि छ । विद्यार्थीहरुलाइ पढाइ परिक्षामा राम्रो हुने खालको दिन छ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सावधान रहनु होला । परिस्थिती जटिल भएर विवश हुनु पर्ने अवस्था नआउला भन्न सकिन्न, कुनै पनि खालको मतभेद र विवादबाट आज टाढै रहनु पर्नेछ। शारिरिक अर्जीणता, स्वास्थ्य हानी, शत्रुले घात गर्ने, शोक तथा कष्ट पर्न सक्ने खालको दिन छ । कार्यहरुमा अवरोध आउन सक्ने धनको अभाव महसुस हुने अथवा केहि कुराको बाध्यताले मानसिक अशान्ति र खिन्नता ल्याउने सम्भावना भएकोले सचेत रहनु पर्नेछ ।
धैर्य धारण र सकारात्मक सोचका साथ अघि बढने खालको दिन छ। ग्रहले आज तँपाइको मनलाई विचलित पार्ने वा अशान्त बनाउन सक्छ, कार्यक्षेत्रमा तथा आपसी सम्बन्धहरुमा विश्वासको खडेरी पर्ला , बन्धु बान्धव , मित्र तथा नजीककाहरुसँग पीडादायी अनुभव हुने सम्भावना छ, नजिक वा वरिपरिकाहरुबाट टाढा जान मन लाग्ला । धनको खति हुने तथा अनेक प्रकारको व्यवधानहरुको आगमन नहोला भन्न सकिन्न, कुनै पनि किसिमको कलह बाट भने बच्ने प्रयास गर्नुपर्नेछ । व्यवसाय गतिरोधको सामना गर्नुपर्ला । आज कुनै पनि खालको लगानी गर्दा जानकारको राय लिएर मात्र गर्नुहोला । ऋण लिने वा सापट लिने काम आज नगरेकै राम्रो ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन अनुकुल रहने छ । गरेका कार्यहरुमा सफलता हात लाग्ला, सुख र सन्तोषको प्राप्ति, मित्रहरु तथा शुभचिन्तकहरुको साथ र सहयोग मिल्ने, अरुबाट आदर सम्मान पाइने, धन तथा वस्त्र लाभ, द्रव्य तथा स्त्रि सुख मिल्ने खालको दिन बन्न सक्छ, रमाइलो भेटघाट अथवा स्वादिलो खानपानमा सहभागी हुन पाइएला, विद्यार्थीहरुको आत्मविश्वास बढला , व्यवसायमा अरुको सहकार्यले सफलता पाइने सम्भावना पनि छ, कार्य क्षेत्र परिवर्तन सम्बन्धि अथवा नयाँ व्यापार व्यवसायको लागि योजना र खाका कोर्नलाइ सही समय छ । विद्यार्थीहरुको लागि दिन उत्तम रहनेछ । भित्र भित्रै रिस गर्नेहरुबाट भने सावधान रहनुहोला ।