एभरेष्ट बैंक लिमिटेडले नागरिक केयर सेन्टरलाई आर्थिक सहयोग
वि.सं.२०७८ जेठ ३० आइतवार १६:०९
2.2K
shares
काठमाडौं: एभरेष्ट बैंक लिमिटेडले नागरिक केयर सेन्टर, विराटनगरलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत पाँच लाख रुपैयाँ सहयोग गरेको हो ।
कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रकम सहयोग गरेको हो ।
बैंकका क्षेत्रीय प्रबन्धक पूर्ण बहादुर श्रेष्ठले दिनु भई नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेश कुमार जाजू मार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
यो पनि पढ्नुहोस् :
विश्व बैंकले नेपाललाई ७ अर्ब रुपैयाँ आर्थिक सहयोग गर्ने
वि.सं.२०७८ जेठ ३० आइतवार १६:०९



















