विश्व बैंकले नेपाललाई ७ अर्ब रुपैयाँ आर्थिक सहयोग गर्ने
वि.सं.२०७८ जेठ ३० आइतवार १५:३९
1.9K
shares
काठमाडौं: विश्व बैंकले नेपाललाई ७ अर्ब रुपैयाँ (६० मिलियन डलर) आर्थिक सहयोग गर्ने भएको छ । बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारको लागि सहयोग गर्ने निर्णय पारित गरेको हो ।
विश्व बैंकको शुक्रबार बसेको बोर्ड अफ डाइरेक्टरको बैठकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारको लागि सहयोग गर्ने निर्णय पारित गरेको हो । बैंकको उक्त सहयोग पिछडिएको क्षेत्रमा रहेका विद्यार्थीको उच्च शिक्षा र व्यावहारिक शिक्षामा खर्च गरिन छ ।
उक्त सहयोग रकम उच्च शिक्षा लिन नसक्ने र विपत्तिका कारण पढाइ प्रभावित भएका विद्यार्थीमा रकम लगानी गर्न सकिने छ । यस्तै प्राविधिक शिक्षा, अनुसन्धान र उद्यमशीलतालाई पनि जोड दिइने विश्व बैंकले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाल, माल्दिभ्स र श्रीलंकाका देशीय निर्देशक फरिस हदाद जार्भोसले विश्व बैंकको यो सहयोग उच्च शिक्षाबाट दक्ष जनशक्ति उत्पादनमा र कोरोना महामारीका कारण प्रभावित भएको शिक्षालाई निरन्तरता दिन उपयोग हुने बताउनु भएको छ ।
यो पनि पढ्नुहोस् :
प्रभु पेले आफ्नो सेवालाई अपाङ्गमैत्री बनायो
वि.सं.२०७८ जेठ ३० आइतवार १५:३९



















