YouTube Link

नबिल बैंक र युनाइटेड फाइनान्सको एकैदिन विशेष साधारणसभा

Facebook Link

काठमाडौं:  नबिल बैंक र युनाइटेड फाइनान्स लिमिटेडले प्राप्ति प्रक्रिया टुंग्याउन एकैदिन विशेष साधारणसभा डाकेका छन् । असार ५ गते नबिल र युनाइटेडले विशेष साधारणसभा डाकेका हुन् ।

 

उक्त विशेष साधारणसभा दुवैको काठमाण्डौ दरबारमार्गस्थित आआफ्नै प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ। दुवै सभाले प्राप्ति प्रयोजनका लागि मूल्यांकन कर्ताबाट प्राप्त सेयर स्वाप रेसियो अनुमोदन गर्नेछ ।

 

नबिलले युनाइटेडलाई १:०.३५ अनुपातमा प्राप्ति गर्ने भएको हो । यसको अर्थ युनाइटेडको १०० कित्ता सेयर हुनेहरुले प्राप्तिपछि नबिलको ३५ कित्ता सेयर पाउनेछन् ।

 

नबिल र युनाइटेड फाइनान्सबीच गत वैशाख १७ गते प्राप्तिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । नबिल बैंकका तर्फबाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र युनाइटेड फाइनान्सका तर्फबाट मर्जर कमिटी सदस्य मनीष खेम्काले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए।

 

नबिल बैंक र युनाइटेड फाइनान्सको सभाले प्राप्ति प्रयोजनका लागि भएको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकर्ताको नियुक्ति, सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन, समझदारी तथा अन्तिम सम्झौतापत्र लगायत सम्पूर्ण कामकारबाहीहरु अनुमोदन गर्नेछ।

 

युनाइटेडलाई प्राप्ति गरेपश्चात नबिलको पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम बैंकको प्रबन्धपत्र संशोधनको प्रस्तावलाई सभाले स्वीकृति प्रदान गर्नेछ।

 

प्राप्ति प्रयोजनका लागि भएका गरेका काम कारबाही, पुँजी संरचना, प्रबन्धपत्र तथा नियमावली संशोधनका सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा सोहीबमोजिम संशोधन वा परिमार्जन समेतका सम्पूर्ण कार्यहरु गर्न सञ्चालकलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

 

प्राप्ति गर्ने सम्बन्धमा अन्तिम सम्झौता गर्ने लगायतका आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालकलाई पूर्ण अख्तियारी दिने निर्णय पनि सभाले गर्ने छ। सभा प्रयोजनका लागि नबिल र युनाइटेडले आउँदो जेठ २८ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्।

 

 

 

यो पनि पढ्नुहोस् :

नेपाल आयल निगमले फेरि बढायो पेट्रोल, डिजेल, मट्टितेल तथा हवाइ इन्धनको मूल्य

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...