YouTube Link

नेयमार प्रतियोगितामा सहभागी नहोऊ, तिम्रा साथीभाइ आफन्त छिमेकी र ब्राजिलियन जनता मरिरहेका छन्

Facebook Link

रियो दी जेनेरियोः नेयमार प्रतियोगितामा सहभागी नहोऊ, दक्षिण अमेरिकी कोपा अमेरिका फुटबल सुरु हुन नौ दिन मात्र बाँकी छ ।

ब्राजिलले अप्रत्याशित रूपमा प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी लिएपछि त्यसको तीव्र आलोचना भइरहेको छ ।

स्थानीयसँगै ब्राजिलका खेलाडी पनि कोपा अमेरिका फुटबलको विपक्षमा देखिएका छन ।

विश्वव्यापी महामारी कोरोनाको कारण ब्राजिलमा साढे चार लाखभन्दा बढी मानिसको मृत्यु भएको छ ।

कोरोना नियन्त्रण गर्न नसकेको भन्दै राष्ट्रपति जायर बोल्सोनारोमाथि तीव्र असन्तुष्टि पनि बढेको छ ।

कालहेइरोसले कोपा अमेरिका फुटबललाई मृत्युको महोत्सवको संज्ञा दिएका छन् ।

ब्राजिलका स्ट्राइकर नेयमारलाई प्रतियोगितामा भाग नलिन सुझाव दिएका छन् ।

‘नेयमार, प्रतियोगितामा सहभागी नहोऊ, जब तिम्रा साथीभाइ, आफन्त, छिमेकी र  ब्राजिलियन जनता मरिरहेका छन् ।

सरकारले कोभिड—१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउन सकिरहेको छैन ।

यस्तो अवस्थामा कसरी मैदान उत्रन सक्छौ ?

कालहेइरोसले भनेका छन्, ‘यो हामीले सहभागिता जनाउने समय नै होइन ।

हामीले अहिले फुटबल प्रतियोगिताको आयोजनामा प्रतिस्पर्धा गर्ने होइन ।

यो समय विश्वमा भ्याक्सिनमा प्रतिस्पर्धा गर्ने समय हो ।

यो समय मैदानमा गोल गर्ने होइन ।

यो त जनताको ज्यान जोगाउने समय हो।’

ब्राजिलमा कोभिडबाट ज्यान गुमाउनेको संख्या विश्वमै दोस्रोमा पर्छ ।

त्यसैले सोच, हामी कुन प्रतिस्पर्धामा छौं ।

मलाई लाग्छ ब्राजिलको टोली पनि प्रतियोगिताको आयोजक बन्दा खुशी छैन ।

आईसीयू र चिहान भरिसकेको छ ।

प्रतियोगितामा ब्राजिलले गोल गर्दासमेत हामी खुसीयाली मनाउने स्थितिमा छैनौं ।’

ब्राजिलका राष्ट्रिय टोलीका कप्तान क्यासेमिरोले पनि कोपा अमेरिका फुटबल नखेल्ने संकेत गरेका छन् ।

‘यो सबै खेलाडीको निर्णय हो ।

प्रशिक्षक टिटेले पनि टोलीका केही खेलाडीले कोपा अमेरिका ब्राजिलमा आयोजना भए नखेल्ने सम्भावना रहेको बताएका छन्।

सन् २०२० मै कोपा अमेरिका फुटबलको आयोजना भइसक्नु पर्ने  कोभिड–१९ कारण प्रतियोगिता एक वर्षपछि सरेको थियो ।

यस संस्करण कोलम्बिया र अर्जेन्टिनाले संयुक्त रूपमा गर्नुपर्ने थियो ।

कोलम्बिया सरकारविरुद्धको प्रदर्शनका कारण देखाउँदै सहआयोजकबाट पछि हटेको थियो ।

अर्जेन्टिनाले कोरोना संक्रमण दर नियन्त्रण बाहिर गएको भन्दै प्रतियोगिता आयोजनाबाट हात झिकेको थियो ।

तीव्र विवादकै बीच पनि प्रतियोगिता जुन १४ बाट सुरु हुँदैछ ।

उद्घाटन खेलमा ब्राजिल र भेनेजुएलाले प्रतिस्पर्धा गर्दैछन्।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%ac%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%9f%e0%a5%8d%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8-%e0%a4%b0%e0%a5%8b%e0%a4%b0%e0%a5%80-%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%8d%e0%a4%b8/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...