अपिलपछि चेल्सीका कप्तान सिजर एजप्लिक्वेटालाई देखाएको रातो कार्ड फिर्ता
वि.सं.२०७८ जेठ १२ बुधवार ०८:१५
2.5K
shares
एजेन्सीः प्रिमिईर लिगको अन्तिम खेलमा चेल्सीका कप्तान एजप्लिक्वेटालाई देखाइएको रातो कार्ड अपिलपछि फिर्ता भएको छ ।
चेल्सीका कप्तान सिजर एजप्लिक्वेटाले रातो कार्ड रातो कार्ड पाएका थिए ।
एस्टन भिल्लाविरुद्धको खेलमा देखाइएको उक्त रातो कार्ड फिर्ता भएको छ ।
उनले सो रातो कार्डविरुद्ध अपिल गरेका थिए ।
खेलको क्रममा दोस्रो हाफको ८९ औँ मिनेटमा एस्टन भिल्लाका मिडफिल्डर ज्याक ग्रेलिशलाई समातेको देखिएपछि उनलाई रातो कार्ड दिइएको थियो ।
तर एजप्लिक्वेटाको अपीलपछि पुनर्मुल्यांकन गर्दा रातो कार्ड दिनु नपर्ने भन्दै निर्णय उल्ट्याइएको हो ।
यो पनि पढ्नु होस्
वि.सं.२०७८ जेठ १२ बुधवार ०८:१५




















