YouTube Link

विराटनगर सिटी एफसीका प्रशिक्षक यान ललाई एक सिजनको प्रतिबन्ध, क्लबलाई जरिवाना

World Cup 2026
Facebook Link

काठमाडौंः नेपाल सुपर लिग (एनएसएल) टिम विराटनगर सिटी एफसीका मुख्य प्रशिक्षक यान ललाई एक सिजनको प्रतिबन्ध लगाइएको छ ।

पहिलो संस्करणको फ्रेन्चाइज फुटबल प्रतियोगितामा खेल दौरान उनले गरेको अभद्र व्यवहारका कारण प्रतिबन्धमा परेका हुन् ।

आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीले बुधबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिताको आचारसंहिता उल्लंघन गरेको भन्दै प्रशिक्षक यान ललाई एक सिजनको प्रतिबन्ध लगाएको हो ।

एनएसएल अन्तर्गत ललितपुर सिटीविरुद्धको खेलमा रेफ्रीविरुद्ध आक्रोश पोख्दै भारतीय प्रशिक्षक यानले टचलाइन क्रस गरेका थिए ।

विराटनगर सिटी एफसीका प्रशिक्षकले अभद्र व्यवहार पनि देखाएका थिए ।

प्रतिबन्धसँगै उनलाई ५० हजार रुपैयाँ जरिवानासमेत गरिएको छ ।

यस्तै, एनएसएलले विराटनगर क्लबलाई पनि एक लाख रुपैयाँ जरिवाना गरेको छ ।

एनएसएलले खेलका अफिसियललाई पनि जरिवाना गरेको छ ।

टिमका अफिसियलले खेल अवरुद्ध गर्दै खेलाडीलाई मैदान छाड्न लगाएका थिए ।

प्रतियोगिताको प्राविधिक सहयोगी अखिल नेपाल फुटबल संघ ९एन्फा० र आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीले छानबिन

गरेपछि प्रशिक्षक, क्लब र अफिसियललाई प्रतिबन्ध तथा जरिवाना गरेको हो ।

विराटनगरका फुटबल निर्देशक सोनम घले र सहायक प्रशिक्षक निशान श्रेष्ठलाई तीनरतीन खेलको प्रतिबन्ध लगाइएको छ ।

प्लेअफ पुग्न दुवै टोलीलाई जित अनिवार्य रहेको खेलमा पहिलो हाफमै १–० ले पछि परेपछि विराटनगरले मैदानमा अभद्र व्यवहार गरेको थियो ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%85%e0%a4%aa%e0%a4%bf%e0%a4%b2%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%9a%e0%a5%87%e0%a4%b2%e0%a5%8d%e0%a4%b8%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%aa%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%a8/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

वि.सं.२०८३ जेठ २० बुधवार ११:०२

काठमाडौं: भारतको गोवामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि...

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:५२

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज...

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४७

काठमाडौं:  साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।...