Rajshow Bivag

विराटनगर सिटी एफसीका प्रशिक्षक यान ललाई एक सिजनको प्रतिबन्ध, क्लबलाई जरिवाना

Departmant of helth services

काठमाडौंः नेपाल सुपर लिग (एनएसएल) टिम विराटनगर सिटी एफसीका मुख्य प्रशिक्षक यान ललाई एक सिजनको प्रतिबन्ध लगाइएको छ ।

पहिलो संस्करणको फ्रेन्चाइज फुटबल प्रतियोगितामा खेल दौरान उनले गरेको अभद्र व्यवहारका कारण प्रतिबन्धमा परेका हुन् ।

आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीले बुधबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिताको आचारसंहिता उल्लंघन गरेको भन्दै प्रशिक्षक यान ललाई एक सिजनको प्रतिबन्ध लगाएको हो ।

एनएसएल अन्तर्गत ललितपुर सिटीविरुद्धको खेलमा रेफ्रीविरुद्ध आक्रोश पोख्दै भारतीय प्रशिक्षक यानले टचलाइन क्रस गरेका थिए ।

विराटनगर सिटी एफसीका प्रशिक्षकले अभद्र व्यवहार पनि देखाएका थिए ।

प्रतिबन्धसँगै उनलाई ५० हजार रुपैयाँ जरिवानासमेत गरिएको छ ।

यस्तै, एनएसएलले विराटनगर क्लबलाई पनि एक लाख रुपैयाँ जरिवाना गरेको छ ।

एनएसएलले खेलका अफिसियललाई पनि जरिवाना गरेको छ ।

टिमका अफिसियलले खेल अवरुद्ध गर्दै खेलाडीलाई मैदान छाड्न लगाएका थिए ।

प्रतियोगिताको प्राविधिक सहयोगी अखिल नेपाल फुटबल संघ ९एन्फा० र आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीले छानबिन

गरेपछि प्रशिक्षक, क्लब र अफिसियललाई प्रतिबन्ध तथा जरिवाना गरेको हो ।

विराटनगरका फुटबल निर्देशक सोनम घले र सहायक प्रशिक्षक निशान श्रेष्ठलाई तीनरतीन खेलको प्रतिबन्ध लगाइएको छ ।

प्लेअफ पुग्न दुवै टोलीलाई जित अनिवार्य रहेको खेलमा पहिलो हाफमै १–० ले पछि परेपछि विराटनगरले मैदानमा अभद्र व्यवहार गरेको थियो ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%85%e0%a4%aa%e0%a4%bf%e0%a4%b2%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%9a%e0%a5%87%e0%a4%b2%e0%a5%8d%e0%a4%b8%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%aa%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%a8/

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०९:४६

  काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले भिसा नभएका कारण बेलायत...

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२३

  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको...

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १३ बिहीवार १२:१७

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको राष्ट्रिय फोटो पत्रकार समूह...

फोटो पत्रकारिता दिवसको अवसरमा आज नेपालको फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै

फोटो पत्रकारिता दिवसको अवसरमा आज नेपालको फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०५:५६

  काठमाडौं: आज ९७औं राष्ट्रिय फोटो पत्रकारिता दिवस । आज...

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशका फोटो पत्रकारको टोली नेपाल आईपुग्यो

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशका फोटो पत्रकारको टोली नेपाल आईपुग्यो

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

  काठमाडौं: बैशाख १३ गते फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय...