YouTube Link

लुइस सुआरेजले बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यान र पूर्व अध्यक्ष जोसेप मारिया बार्टोमेउको आलोचना गरेका छन्

Facebook Link

एजेन्सीः लुइस सुआरेजले  स्पेनिस ला लिगाको उपाधि जितेसँगै बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यान र पूर्व अध्यक्ष जोसेप मारिया बार्टोमेउको आलोचना गरेका छन् ।

सुआरेजलाई सिजनको सुरुवातमा बार्सिलोना छाड्न बाध्य पारिए पछि एटलेटिको म्याड्रिड पुगेका थिए ।

उरुग्वेली फरवार्डको उच्च प्रदर्शनमा नै एटलेटिको उपाधि यात्रा तय गर्न सफल रहेको थियो ।

उनले लिगको ३२ खेल खेल्दै २१ गोल गरे ।

पछिल्लो दुई खेलमा अन्तिम समयमा विजयी गोल गर्दै लुइस सुआरेजले एटलेटिकोको लिग उपाधि पक्का गरेका थिए ।

सुआरेजले उपाधि जितेपछि एल पार्तिदाजोसँग बोल्दै आफुले बार्सिलोना छोड्नु पर्दाको स्थिति र उपाधि जितलाई यसरि व्याख्या गरेः

‘म बार्सिलोना प्रति सधैं आभारी रहनेछु र क्लबविरुद्ध कहिल्यै पनि जाने छैन ।

बार्सिलोनाले मलाई सबथोक दिएको छ र मलाई यो स्तरसम्म ल्याउन मदत गरेको छ ।’

तर अध्यक्ष बार्टोमेउले मलाई छोड्ने बेलामा निकै नराम्रो व्यवहार गरे ।

उनले मलाई व्यक्तिगत रुपमा केहि नभनी सार्वजनिक रुपमा पत्रकार सम्मेलनमा मेरो बारेमा बोले ।

मेस्सीले क्लब छाड्ने निर्णय लिएका थिए, क्लबले मलाई मेस्सीसँग छलफल गर्न र उनलाई क्लबमा राख्न आग्रह गर्यो ।

ग्रिजमनलाई पनि त्यसै गर्न लगायो ।

मलाई क्लब छोड्न भनियो, त्यो कुरा मलाई व्यक्तिगत रुपमा नभनेर सार्वजनिक रुपमा भनियो ।

मेरो आवश्यकता क्लबमा थिएन भने प्रशिक्षकले मलाई जानकरी दिनु पर्थ्यो ।

उनले म नभएर अर्कै किसिमको फरवार्ड चाहिएको जानकारी मलाई दिनु पर्थ्यो ।

कोम्यानले मलाई एक समय उनको योजनमा नरहेको बताए ।

तर फेरी उनी भोलीसम्म केहि निर्णय नभएको अवस्थामा भिल्लारियल विरुद्ध आफ्नो योजनामा राख्ने र राम्रो प्रदर्शन अपेक्षा गरेको बताए ।

त्यसपछि मैले बुझें, कोम्यानमा पर्सनालिटी रहेनछ ।

उनले मलाई आवश्यकता नरहेको भन्ने हिम्मत पनि गर्न सकेनन् ।

मलाई अन्त्यमा त्यो खबर पनि बोर्डबाट आएको थियो ।

आजसम्म पनि मलाई बार्सिलोनाको बोर्डबाट कुनै बधाई संदेश आएन ।

मैले झन्डै उपाधि जितेको तस्बिर पठाएको थिएँ ।

सुआरेजले अर्को सिजनका लागि एटलेटिको छोड्नु असम्म्भाव रहेको पनि बताए ।

उनले क्लबसँग अर्को सिजनका लागि सम्झौता नविकरण गर्दै बस्ने पक्का गरेका छन् ।

प्रशिक्षक डिएगो सिमिओनीले पनि सुआरेज आफ्नो योजनाको महत्त्वपूर्ण पाटो रहेको बताए ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...