YouTube Link

लुइस सुआरेजले बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यान र पूर्व अध्यक्ष जोसेप मारिया बार्टोमेउको आलोचना गरेका छन्

Facebook Link

एजेन्सीः लुइस सुआरेजले  स्पेनिस ला लिगाको उपाधि जितेसँगै बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यान र पूर्व अध्यक्ष जोसेप मारिया बार्टोमेउको आलोचना गरेका छन् ।

सुआरेजलाई सिजनको सुरुवातमा बार्सिलोना छाड्न बाध्य पारिए पछि एटलेटिको म्याड्रिड पुगेका थिए ।

उरुग्वेली फरवार्डको उच्च प्रदर्शनमा नै एटलेटिको उपाधि यात्रा तय गर्न सफल रहेको थियो ।

उनले लिगको ३२ खेल खेल्दै २१ गोल गरे ।

पछिल्लो दुई खेलमा अन्तिम समयमा विजयी गोल गर्दै लुइस सुआरेजले एटलेटिकोको लिग उपाधि पक्का गरेका थिए ।

सुआरेजले उपाधि जितेपछि एल पार्तिदाजोसँग बोल्दै आफुले बार्सिलोना छोड्नु पर्दाको स्थिति र उपाधि जितलाई यसरि व्याख्या गरेः

‘म बार्सिलोना प्रति सधैं आभारी रहनेछु र क्लबविरुद्ध कहिल्यै पनि जाने छैन ।

बार्सिलोनाले मलाई सबथोक दिएको छ र मलाई यो स्तरसम्म ल्याउन मदत गरेको छ ।’

तर अध्यक्ष बार्टोमेउले मलाई छोड्ने बेलामा निकै नराम्रो व्यवहार गरे ।

उनले मलाई व्यक्तिगत रुपमा केहि नभनी सार्वजनिक रुपमा पत्रकार सम्मेलनमा मेरो बारेमा बोले ।

मेस्सीले क्लब छाड्ने निर्णय लिएका थिए, क्लबले मलाई मेस्सीसँग छलफल गर्न र उनलाई क्लबमा राख्न आग्रह गर्यो ।

ग्रिजमनलाई पनि त्यसै गर्न लगायो ।

मलाई क्लब छोड्न भनियो, त्यो कुरा मलाई व्यक्तिगत रुपमा नभनेर सार्वजनिक रुपमा भनियो ।

मेरो आवश्यकता क्लबमा थिएन भने प्रशिक्षकले मलाई जानकरी दिनु पर्थ्यो ।

उनले म नभएर अर्कै किसिमको फरवार्ड चाहिएको जानकारी मलाई दिनु पर्थ्यो ।

कोम्यानले मलाई एक समय उनको योजनमा नरहेको बताए ।

तर फेरी उनी भोलीसम्म केहि निर्णय नभएको अवस्थामा भिल्लारियल विरुद्ध आफ्नो योजनामा राख्ने र राम्रो प्रदर्शन अपेक्षा गरेको बताए ।

त्यसपछि मैले बुझें, कोम्यानमा पर्सनालिटी रहेनछ ।

उनले मलाई आवश्यकता नरहेको भन्ने हिम्मत पनि गर्न सकेनन् ।

मलाई अन्त्यमा त्यो खबर पनि बोर्डबाट आएको थियो ।

आजसम्म पनि मलाई बार्सिलोनाको बोर्डबाट कुनै बधाई संदेश आएन ।

मैले झन्डै उपाधि जितेको तस्बिर पठाएको थिएँ ।

सुआरेजले अर्को सिजनका लागि एटलेटिको छोड्नु असम्म्भाव रहेको पनि बताए ।

उनले क्लबसँग अर्को सिजनका लागि सम्झौता नविकरण गर्दै बस्ने पक्का गरेका छन् ।

प्रशिक्षक डिएगो सिमिओनीले पनि सुआरेज आफ्नो योजनाको महत्त्वपूर्ण पाटो रहेको बताए ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...