ग्लोबल आइएमई बैंक र बोधि होल्डिङ्बिच समझदारी
वि.सं.२०७७ चैत ५ बिहीवार १८:४३
1.8K
shares
काठमाडौं: ग्लोबल आइएमई बैंकले बोधि होल्डिङ्का ग्राहकलाई सहुलियत ब्याजदरमा आवासिय घर कर्जा दिने भएको छ । बैंक र बोधि होल्डिङ्काबीच बुधबार सहुलियत ब्याजदरमा आवासिय घर कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र बोधि होल्डिङका अध्यक्ष जलेश्वर पाण्डेले हस्ताक्षर गर्नु भएको छ ।
उक्त समझदारी अनुसार बैंकले बोधि होल्डिङ्ग प्रा.लि.ले ओमसतिया ४, भैरहवा, रुपन्देहीमा निर्माण गर्ने आवासिय घर निर्माण परियोजना मार्फत घर/जग्गा खरिद गर्न चाहने नेपाली नागरिकहरुलाई सहज रुपमा सहुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ ।
यसका साथै ग्लोबल आइएमई बैंक, बोधि होल्डिङ् प्रा.लि.ले निमार्ण गर्ने परियोजनाको बैकिङ् पार्टनरको रुपमा पनि रहने छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ् सेवाको पहुँच पुर्याउने उद्देश्यले देशभर ७५ जिल्लामा बैंकको २७० शाखा, २४२ एटीएम, २५५ शाखा रहित बैंकिङ् सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
यो पनि पढ्नुहोस् :
माछापुच्छ्रे बैंकले नेपालगञ्जमा ४ स्थानमा क्यु.आर. कोड सेवा सुरु
वि.सं.२०७७ चैत ५ बिहीवार १८:४३




















