माछापुच्छ्रे बैंकले नेपालगञ्जमा ४ स्थानमा क्यु.आर. कोड सेवा सुरु
वि.सं.२०७७ चैत ५ बिहीवार १८:१६
1.7K
shares
काठमाडौं: माछापुच्छ्रे बैंकले बाँके जिल्लाको नेपालगञ्जमा पहिलोपटक क्यु.आर. कोड सेवा सुरुवात गरेको छ । बैंकले औपचारिक कार्यक्रम गरेर एकैदिन ४ स्थानमा क्यु.आर. कोड सेवा सुरुवात गरेको छ ।
माछापुच्छ्रे बैंकले एकैदिन नेपालगञ्जमा रहेको सनराईज यातायात, नेपालगञ्ज न्यूरोडमा रहेको हङ्गकङ्ग बजार तथा रानी तलाउमा रहेको कृषि उपज बजार समिति र कोहलपुरमा रहेको कृषि बजार व्यवस्थापन समिति अन्तर्गत संचालनमा रहेका तरकारी तथा फलफुल पसलहरुमा क्युआर कोड हस्तान्तरण गरेको हो ।
बुधबार आयोजित छुट्टाछुटै अपौचारिक कार्यक्रम मार्फत नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक गोविन्द प्रसाद नागिलाले ति स्थानमा क्यु.आर. कोड सेवाको सुरुवात गरेका हुन् ।
उक्त क्युआर कोड सेवा सुरु भएसंगै नेपालगञ्जबाट दाङ्, धनगढि, बर्दिया रुटमा चल्ने सनराईज यातायातमा यात्रा गर्ने यात्रुले आफुले तिर्नुपर्ने गाडी भाडा क्यु.आर.कोड प्रयोग गरि सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् भने नेपालगञ्ज न्यूरोडमा रहेको हङ्गकङ्ग बजार, रानी तलाउमा रहेको कृषि उपज बजार तथा कोहलपुरमा रहेको कृषि बजारमा आफुले खरिद गरेका दैनिक उपभोग्य बस्तु जस्तै तरकारी, फलफुल तथा लत्ताकपडाहरुको रकम समेत क्यु.आर. कोडबाट भुक्तानी गर्न सक्नेछन् ।
आफुले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल्ली भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यु.आर. कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ ।
बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ् इतिहासमा पहिलोपटक आफ्नै मोबाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ् सेवा, इन्टरनेट बैंकिङ् सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।
यो पनि पढ्नुहोस् :
नबिल बैंकले व्यक्तिगत मुद्दति खाताको ब्याजदर ७.५१ प्रतिशत
वि.सं.२०७७ चैत ५ बिहीवार १८:१६




















