गोविन्द बोहोराको ‘मेरो याद आउन्न र ?’ को म्युजिक भिडियो सार्वजानिक {भिडियो सहित}
वि.सं.२०७७ चैत २ सोमवार ०८:५२
1.9K
shares
काठमाडौं: अनुजा पुडासैनी र गोविन्द बोहोराको स्वर रहेको ‘मेरो याद आउन्न र’ बोलको म्युजिक भिडियो सार्वजानिक भएको छ ।
रोमियो राजन र गोविन्द बोहोराको शब्द रहेको उक्त गानामा संगीत पनि बोहोराकै रहेको छ । गानाको एरेन्ज र मिक्सिङ भने महेश बिक्रम पाण्डेको रहेको छ ।
गायक बोहोरा र आयुष्मा कार्कीको अभिनय रहेको उक्त म्युजिक भिडियोलाई पुनम अडियो एण्ड भिडियो सोलुसन प्रालिले बजारमा ल्याएको हो ।
मदन खड्काद्वारा निर्देशित यस गानाको भिडियो छायांकन दुर्गा श्रेष्ठले गरेका हुन् भने सम्पादन महेश बिक्रम पाण्डेले गरेका छन् ।
यस म्युजिक भिडियोको श्रृंगार यमुना पाण्डेले गरेका छन् भने भिडियोको कलरिङ राजकुमार मगरले गरेका छन् ।
उक्त गानाको प्रमोसन मिडिया पार्टनर अर्थ सवाल साप्ताहिक रहेको छ ।
{भिडियो सहित}
वि.सं.२०७७ चैत २ सोमवार ०८:५२



















