Texas College
YouTube Link

फोकटलालका कलाकारहरु सम्मानित

Facebook Link

काठमाडौं: हास्य टेलिश्रृखला फोकटलालको ५०औं भाग प्रसारणको उपलक्ष्यमा धनेश्वर फिल्मस् एण्ड एड्भरडाईजिङ प्रा. लि. ले लेखक निर्देशक तथा कलाकारहरुलाई सम्मान गरेको छ ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडकाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त सम्मान कार्यक्रमको अध्यक्षता धनेश्वर फिल्मस्का अध्यक्ष एवं फोकटलालको निर्माता समिर श्रेष्ठले गरेका थिए ।

कार्यक्रमका अध्यक्ष श्रेष्ठले अध्यक्षको मन्तव्य सहित उपस्थित सबैलाई स्वागत गरेका थिए । स्वागत मन्तव्यको क्रममा उनले ठुला पर्दामा अभिनय गर्नेहरुलाई मात्र कलाकारको रुपमा नहेरी जुनसुकै साना पर्दा तथा म्युजिक भिडियोमा अभिनय गर्नेहरुलाई पनि कलाकारको रुपमा संघले हेर्नुपर्ने बताए ।

प्रमुख अतिथि रविन्द्र खड्काले उद्घाटन मन्तव्य राख्दै फोकटलाल टेलिश्रृखलाले ५०औ भाग प्रसरण गरेर दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै कला क्षेत्रको श्रीबृद्धिमा राम्रो योगदान दिएको चर्चा गर्दै यस टेलिश्रृखलाको प्रगति र निरन्तरताको शुभकामना प्रदान गरे ।

कार्यक्रममा बिशेष अतिथिहरुमा कलाकार मोहन निरौला, हास्यकलाकार शिवहरी पौडेल, दमन रुपाखेती, आशा खड्का, सुभाष गजुरेल रहेका थिए भने अतिथिहरुमा यो हो टेलिभिजनका संयोजक लक्ष्मीराज भण्डारी, लायन्स क्लब अफ काठमाडौ लर्डबुद्धका अध्यक्ष लक्ष्मी कट्टेल, निर्माता दिनेश दंगाल, निर्देशक खमेश श्रेष्ठ, धनेश्वर फिल्मस्का कानूनी सल्लाहाकार एवं राजनीतिज्ञ अधिवक्ता प्राणनाथ न्यौपाने, सञ्चारकर्मी योगेन्द्र चौलागाई, उद्योग व्यवसायी हरी बास्तोला उमेश श्रेष्ठ र टुकी न्युजका बदन भण्डारी रहेका थिए ।

कार्यक्रमको मुख्य प्रायोजक क्यनभास वाईन रहेको थियो भने सह प्रयोजक यू एण्ड यू स्टोर र रिल्याक्स जोन व्यूटिपार्लर रहेको थियो । कार्यक्रमको मिडिया पार्टनर अर्थ सवाल साप्ताहिक, यो हो टेलिभिजन, रेडियो टप टाउन र टुकी न्यूज रहेका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

वि.सं.२०८२ फागुन १९ मंगलवार १८:०४

काठमाडौं: शेर्पा संघ  किताकान्तो जापानले  यस वर्ष पनि 'प्रवासमा भाषा,...

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

वि.सं.२०८२ पुस २७ आइतवार १२:३०

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको...

गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो…’ बोलको गीत सार्वजानिक

गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो…’ बोलको गीत सार्वजानिक

वि.सं.२०८२ पुस २५ शुक्रवार १६:१६

काठमाडौं: गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो जाडो...

अनाथ दृष्टि बिहिन तथा अपांगता भएका बालबालिकाले डिलाइट च्यारिटी म्यूजिक शो गरेर मनाए क्रिशमस डे (फोटो समाचार)

अनाथ दृष्टि बिहिन तथा अपांगता भएका बालबालिकाले डिलाइट च्यारिटी म्यूजिक शो गरेर मनाए क्रिशमस डे (फोटो समाचार)

वि.सं.२०८२ पुस ११ शुक्रवार १२:२५

काठमाडौं: अनाथ दृष्टि बिहिन तथा अपांगता भएका बालबालिकाले क्रिशमस डेको...

महानायक राजेश हमालको ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक

महानायक राजेश हमालको ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक

वि.सं.२०८२ असोज २६ आइतवार १२:१५

काठमाडौं: नेपाली चलचित्रका महानायक राजेश हमालको जीवन, सिनेमा यात्रा र...

गायक निर्मल तामाङको ‘आमा…’ बोलको अनप्लग गीत सार्वजानिक

गायक निर्मल तामाङको ‘आमा…’ बोलको अनप्लग गीत सार्वजानिक

वि.सं.२०८२ असोज १४ मंगलवार १२:२४

काठमाडौं: नव गायक निर्मल तामाङले 'आमा…' बोलको अनप्लग गीत लिएर...