YouTube Link

सिभिल बैंकले एटीएम कार्डको प्रयोग विना रकम निकाल्ने प्रविधि ल्यायो

Facebook Link

काठमाडौं:  सिभिल बैंकले एटीएम कार्डको प्रयोग विना नै एटीएमबाट रकम निकाल्न सक्ने प्रविधि ल्याएको छ । बैंकको मोवाईल बैकिङ् एप्लिकेशन “सिभिल स्मार्ट” प्रयोग गरी सिभिल बैंकको कुनैपनि एटीएम मार्फत एटीएम कार्डको प्रयोगै नगरी सजिलै रकम निकाल्न सकिने छ ।

बैंकका ग्राहकहरुले यस सेवाको प्रयोग गर्न सिभिल बैंकको मोवाईल बैकिङ् एप्लिकेशन “सिभिल स्मार्ट”मा भएको “कार्डलेस क्याश” अपशनमा गई आफुले इच्छाएको रकम प्रविष्ट गरी सम्पूर्ण विवरणहरु दुरुष्ट गरी आफ्नो मोवाईल बैकिङ् एप्लिकेशनको पिनकोड हाल्नुपर्ने हुन्छ जस पश्चात एकपल्ट मात्र प्रयोग गर्न मात्र मिल्ने ओटीपी पासकोड प्राप्त हुनेछ ।

यस पासकोड सहित अन्य विवरणहरु प्रविष्ट गरे पश्चात एटीएमबाट पूर्व निर्धारित निश्चित रकम झिक्न सकिनेछ । ग्राहकहरुले यस सुविधाको उपयोग एटियम कार्ड हराएको अवस्थामा वा अरु कसैलाई रकम भुक्तानी गर्नुपरेको अवस्थामा समेत गर्न सक्ने बैंकले जनाएको छ ।

ग्राहकहरुले एटीएम कार्ड बोक्न पर्ने, एटीएम कार्ड हराउने डर आदी झन्झटहरुबाट मुक्त हुन पाउनेछन् र एटीएम कार्ड हराउँदा/विर्सिदा वा कसैलाई नगद भुक्तानी दिनुपर्ने लगायतका अवस्थामा “सिभिल बैंक कार्डलेस क्याश” सेवाको प्रयोग गर्न सकिने सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताउनु भयो ।

करीव साढे पाँच लाख ग्राहकहरुलाई ११४ शाखाहरु, ६ एक्सटेन्सन काउन्टरहरु तथा ८९ एटियम मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीव रु. ७८ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ७२ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेको छ ।

यो पनि पढ्नुहोस् :

एक रुपैयाँको सिक्का छाप्न २ रुपैयाँ ४० पैसा खर्च

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...