एक रुपैयाँको सिक्का छाप्न २ रुपैयाँ ४० पैसा खर्च
वि.सं.२०७७ फागुन १७ सोमवार १९:००
4.4K
shares
काठमाडौं: नेपाल राष्ट्र बैंकले नयाँ नक्सा अंकित एक रुपैयाँको सिक्का छाप्न आह्वान गरेको ग्लोबल टेण्डर पोल्याण्डको मेनिस्का पोल्सका एसएले प्राप्त गरेको छ । राष्ट्र बैंकले आह्वान गरेको ग्लोबल टेण्डबाट पोल्सका छनोट भएको हो।
नेपाल सरकारले नयाँ नक्सा सहितको सिक्का छाप्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको थियो । राष्ट्र बैंकले आवस्यक प्रकृया अगाडि बढाई प्रस्तवित टेण्डरबाट सबैभन्दा सस्तोमा बोलकबोल गर्नेलाई स्वीकृती दिएको हो । बैंकले एक रुपैयाँको ३० लाख वटा सिक्का छाप्ने भएको छ ।
उक्त कम्पनीले ५१ लाख १५ हजार युरोमा डिजाइनिङ, माइनिङ र नेपालसम्म ल्याउने छ। यो नेपाली रुपैयाँमा परिवर्तन गर्दा ७२ करोड २३ लाख रुपैयाँ पर्न जान्छ। यसरी नेपाल राष्ट्र बैंकको रिसोर्स बाहेक एउटा सिक्काको लागि मात्रै २ रुपैयाँ ४० पैसा पर्न जान्छ।
नेपाल सरकारले लिम्पियाधुरा र लिपुलेक सहितको नेपाली नक्सा सार्वजनिक गरेपछि यसलाई स्थापित गराउन पैसा तथा विभिन्न क्षेत्रमा राख्न निर्देशन दिदै आएको छ। पैसा धेरै लामो समयसम्म रहने भएकाले चिनारीका लागि यस्तो गर्न लागिएको हो।
यो पनि पढ्नुहोस् :
एनआईसी एशिया बैंकले कार्डबाट हुने सम्पुर्ण करोबार बन्द गर्ने
वि.सं.२०७७ फागुन १७ सोमवार १९:००




















