वृहत नागरिक आन्दोलनले कमलपोखरीको सिमेन्ट भत्काए
वि.सं.२०७७ फागुन १४ शुक्रवार १४:१९
1.4K
shares
काठमाडौं: वृहत नागरिक आन्दोलनले कमलपोखरीको मौलिकता मासेर कंक्रिट प्रयोग गर्न लागेको विरोधमा सिमेन्ट भत्काएका छन् ।
वृहत नागरिक आन्दोलनका सहभागीहरुले पोखरीमा कमल फुल्ने ठाउँमा सिमेन्टको संरचना बनाएर नक्कली कमल फुलाउन लागेको भन्दै विरोध प्रदर्शन गरेका हुन् । कमलपोखरी निर्माणका लागि काठमाडौं महानगरपालिकाले निर्माण गरेको सिमेन्ट भत्काएका छन् ।
त्यसपछि उनीहरुले माटोको टीका लगाएर ‘कमलपोखरी मास्न पाइँदैन’, कमलपोखरी जनताको हो भन्दै नारा लगाएका थिए । आन्दोलनका सहभागीले विकासका नाममा मौलिकता नमास्न आग्रह गर्दै माटोको मौलिक पोखरी बनाएर पानी जम्मा पारेका छन् ।
यो पनि पढ्नुहोस् :
नवीन्द्रराज जोशीको अवस्था चिन्ताजनक
वि.सं.२०७७ फागुन १४ शुक्रवार १४:१९




















