YouTube Link

नेपाल ओपन तेक्वान्दोमा कमललाई स्वर्ण

Facebook Link

काठमाण्डौंः नेपालका कमल श्रेष्ठले प्रथम नेपाल ओपन भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दोमा पुम्सेतर्फ पुरुष यू–४० ब्ल्याकवेल्टमा बुधबार स्वर्ण जितेका छन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कमलले ७.२९ अंक जोडे ।

नेपालकै रेजिन लामा दोश्रो तथा नोर्बु मोक्तान र सन्जिवकुमार ओझा तेश्रो भए ।

पुम्सेकै महिला यू–४० ग्रिन वेल्टमा फिलिपिन्सकी हेल्मीमाह जोय ६.३५ अंकसाथ पहिलो भइन् । महिला यू–५० ग्रिन वेल्टमा फिलिपिन्सकी मारिया ६.१० अंकसाथ शीर्ष स्थानमा रहिन् ।

पुम्सेको किड्सतर्फ पुरुष ब्ल्याकवेल्टमा मेक्सिकोका माटियो कार्डोना, पुरुष ब्लु वेल्टमा मेक्सिकोका सान्तियागो अन्तास, महिला ब्लु वेल्टमा मेक्सिको मातियो सिफ्युनटेस, पुरुष ग्रिन वेल्टमा नेपालका प्रद्युट दिवान, पुरुष रेड वेल्टमामा मेक्सिकोका डिएगो मेनेसेस, पुरुष यल्लो वेल्टमा पाकिस्तानका मक्बुल र महिला यल्लो वेल्टमा अमेरिकाकी जियानिया थापाले स्वर्ण जिते ।

पिविको ब्ल्याकवेल्टतर्फ पुरुषमा नेपालका युनिक प्रधान र महिलामा अमेरिकाकी जोसुवा र ब्लु वेल्टको पुरुषमा थाइल्यान्डका अनुचित चानपेट पहिलो भए ।

ग्रिन वेल्टको पुरुषमा नेपालका रोदन राई पहिलो, आरुस राई दोश्रो र सुविन क्षेत्री तेश्रो बने ।

पुरुष यल्लो वेल्टको शीर्ष तीन स्थानमा नेपाली खेलाडीले कब्जा गरे ।

एरिक राणा पहिलो, अस्विन कार्की दोश्रो तथा अनिश श्रेष्ठ र जोन राना मगर तेश्रो भए ।

सब जुनियरको यल्लो वेल्टतर्फ पुरुषमा थाइल्यान्डका रमोन सैकु र महिलामा थाइल्यान्डकी फाथारापोर्न, ब्ल्याक वेल्टतर्फ पुरुषमा मलेसिया असिरफ रइड र महिलामा मकाउकी चाउ यु चेङ, ब्लु वेल्टतर्फ पुरुषमा इन्डोनेसियाका राफाइल अरादित्या र महिलामा मकाउकी वि होइ चेङ, ग्रिन वेल्टतर्फ पुरुषमा इन्डोनेसियाका हफिस ररिद र महिलामा सोही राष्ट्रकी नाउरा नदिफा तथा रेड वेल्टतर्फ पुरुषमा मकाउका चाङ र महिलामा इन्डोनेसियाकी आङगेरिका फ्रित्जीले पहिलो स्थान हात पारे ।

कोटश्वर तेक्वान्दो डोजाङ, मूलपानी तेक्वान्दो डोजाङ, स्युचाटार तेक्वान्दो डोजाङ, काभ्रेस्थली तेक्वान्दो डोजाङ, बाल गीताञ्जली स्कुल र मोर्निङ ग्लोरी स्कुलको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको बाँकी नतिजा बिहीबार सार्वजनिक गरिने भएको छ ।

प्राविधिक कारणले बुधबार बाँकी स्पर्धाका नतिजाहरु सार्वजनिक गर्न लागिएको आयोजकले जनाएको छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a5%e0%a4%ae-%e0%a4%8f%e0%a4%b8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%85%e0%a4%a8%e0%a4%b2%e0%a4%be%e0%a4%87%e0%a4%a8-%e0%a4%b8%e0%a5%81%e0%a4%9f/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...