प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा बिन्दवासिनी म्युजिककी अध्यक्ष पक्राउ
वि.सं.२०७७ पुस २८ मंगलवार १२:१०
2K
shares
काठमाडौं: प्रतिलिपि अधिकार (कपि राइट) उल्लंघन गरेको आरोपमा बिन्दवासिनी म्युजिक प्रा.लि.की अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छन् ।
गायक प्रमोद खरेल लगायत केही कलाकारहरूले आइतबार परिसरमा प्रतिलिपि अधिकार उल्लंघनमा अध्यक्ष रेग्मीविरुद्ध जाहेरी दिएका थिए ।
सोही जाहेरीको आधारमा प्रहरीले जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएको थियो ।
उनलाई सोमबार प्रकाउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
वि.सं.२०७७ पुस २८ मंगलवार १२:१०




















