Rajshow Bivag

ब्राजिली स्टार फरवार्ड नेयमार प्रशिक्षणमा फर्किए

Departmant of helth services

एजेन्सी : ब्राजिली स्टार फरवार्ड नेयमार जुनियर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षणमा फर्किएका छन् ।

एंकल इन्ज्युरीका कारण झन्डै एक महिना मैदान बाहिर रहेका नेयमार सोमबार टोलीको प्रशिक्षणमा सामेल भएका हुन् ।

१३ डिसेम्वरमा घरेलु मैदानमा लियोनसँग १–० ले पराजित भएको खेलको इन्ज्युरी समयमा चोट बोक्दा उनलाई स्ट्रेचरमार्फत मैदान बाहिर लगिएको थियो ।

पीएसजीले नेयमार प्रशिक्षणमा सामेल भएको तस्वीर सामाजिक सन्जाल ट्वीटरमा पोस्ट गर्दै ‘लुक लाइक हु इज ब्याक’ भनेर क्याप्सन लेखेका छन् ।

ब्राजिलियन नेयमारले नयाँ प्रशिक्षक मौरिसियो पोचेटिनोको प्रशिक्षण गरेका छन् ।

पोचेटिनोले पीएसजीसँग १८ महिनाको सम्झौता गरेका छन् ।

स्टार्सवर्गमाथि ४–० जित निकालेको खेलपछि २४ घन्टा नबित्दै प्रशिक्षक थोमस टुचेललाई बर्खास्ती गरेको थियो ।

त्यसको एक सातापछि पीएसजीले पोचेटिनोलाई नयाँ प्रशिक्षक बनाएको थियो ।

नेयमार प्रशिक्षणमा जोडिनुले पीएसजीलाई सुखद सन्देश मिलेको छ ।

लिग वानको १९खेल सकिदा पीएसजी शीर्षस्थानको लियोनसँग १ अंकले पछि छ ।

प्रशिक्षणमा जोडिएपनि नेयमारले पोचेटिनोको प्रशिक्षणमा मार्सेविरुद्ध बुधबार राति हुने च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना न्युन छ ।

यसको अर्थ २८ वर्षीय नेयमारले शनिबार एन्जर्सको भ्रमणमा निस्कने पक्का छ ।

पोचेटिनोको प्रशिक्षणमा पीएसजीले पहिलो खेला सेन्ट इटिएनसँग १–१ गोलको बराबरी खेल्दा दोस्रो खेलमा ब्रेस्टमाथि ३–० को सहज जित निकालेको थियो ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%95%e0%a4%b0%e0%a4%be%e0%a4%a4%e0%a5%87-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%b8%e0%a4%82%e0%a4%98%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०९:४६

  काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले भिसा नभएका कारण बेलायत...

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२३

  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको...

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १३ बिहीवार १२:१७

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको राष्ट्रिय फोटो पत्रकार समूह...