Texas College
YouTube Link

धितोपत्र कारोबारका लागि डिम्याट खाता खोल्नेको संख्या साढे २४ लाख नाघ्यो

Facebook Link

काठमाडौं: धितोपत्र कारोबारका लागि अनिवार्य रहेको डिम्याट खाताको संख्या साढे २४ लाख नाघेको छ ।

पुस २७ गते १ बजेसम्मको रेकर्डमा २४ लाख ५१ हजार १७३ डिम्याट खाता खोलिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको हो ।

आइतबार मात्रै २२ हजारभन्दा बढी डिम्याट खाता खोलिएको तथ्याङ्कले देखाउँछ । शुक्रवारसम्म २४ लाख २८ हजार ३३४ हितग्राही खाता खुलेकोमा सोमवार यो संख्या २२ हजार ८३९ ले बढेको हो ।

हाल चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ निष्कासनमा रहेको छ । माघ २ गतेदेखि हालसम्मकै सर्वाधिक ८ करोड कित्ता शेयर नेपाल इन्फ्रास्ट्रक्चर बैंकले निष्कासन गर्दैछ ।

पछिल्लो समय दैनिक डिम्याट खाता खोल्नेको संख्या बढ्नुका प्रमुख कारण सबैको भागमा पर्ने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ नै रहेको छ ।

प्राथमिक बजारमा निष्कासन हुने शेयर पाउन भाग्य भरोसा रहनुपर्ने अवस्थामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर भने सबै आवेदकलाई पर्ने निश्चित छ ।

यो सँगै धितोपत्र दोस्रो बजारले उच्च विन्दु कायम गर्दै अघि बढेकाले पनि धितोपत्र कारोबारमा लगानीकर्ताको आकर्षण बढेको हो ।

प्राथमिक बजारमा निष्कासित शेयरहरु दोस्रो बजारले गति लिएका कारण राम्रो मूल्यमा खरिद विक्री हुने गरेकाले पनि यस क्षेत्रमा लगानीकर्ताको आकर्षण बढेको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:२३

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द च्याम्पियन्स’...